National life
cg eloctronics

फर्स्ट माइक्रोफाइनान्सले बढायो नाफा, यस्तो छ पहिलो त्रैमासको वित्तीय अवस्था

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२९ दिन अगाडि|१२ कात्तिक २०८३, बिहिबार
1.3kShares
फर्स्ट माइक्रोफाइनान्सले बढायो नाफा, यस्तो छ पहिलो त्रैमासको वित्तीय अवस्था
muktinatha bikash bank

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नाफा बढाउनुका साथै खराब कर्जाको अनुपातमा उल्लेख्य सुधार गरेको छ। संस्थाको वितरणयोग्य नाफा करिब ६६ प्रतिशतले बढेको छ भने पुँजी पर्याप्तता अनुपात पनि थप मजबुत बनेको छ।

संस्थाले सार्वजनिक गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा १ करोड ७७ लाख ७८ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा संस्थाले १ करोड ६८ लाख ४१ हजार रुपैयाँ नाफा कमाएको थियो। यसअनुसार खुद नाफा ५.५७ प्रतिशतले बढेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3

संस्थाको वित्तीय विवरणमा कर्जाको गुणस्तरमा आएको सुधार मुख्य उपलब्धिका रूपमा देखिएको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा ४.२४ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात चालु वर्षको सोही अवधिमा घटेर १.९७ प्रतिशतमा झरेको छ। त्यस्तै, खुद निष्क्रिय कर्जा अनुपात ०.२४ प्रतिशतबाट घटेर शून्यमा आएको छ।

everest bank

निष्क्रिय कर्जाको तुलनामा कर्जा नोक्सानी व्यवस्थाको अनुपातसमेत ११७.२५ प्रतिशतबाट बढेर १५०.१० प्रतिशत पुगेको छ। यसले सम्भावित कर्जा जोखिम व्यवस्थापनका लागि संस्थाले गरेको सुरक्षण थप बलियो भएको संकेत गर्छ।

कर्जाको गुणस्तरमा आएको सुधारले नाफा बढाउन पनि सहयोग गरेको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा कर्जा तथा अन्य नोक्सानी व्यवस्थाबापत ७५ लाख २९ हजार रुपैयाँ खर्च लेखेको संस्थाले यसपटक ६७ लाख ४१ हजार रुपैयाँ राइटब्याक गरेको छ। ब्याज आम्दानीमा गिरावट आए पनि नोक्सानी व्यवस्थामा भएको यो परिवर्तनले समग्र नाफामा सकारात्मक प्रभाव पारेको देखिन्छ।

संस्थाको चालु त्रैमासमा सिर्जित वितरणयोग्य नाफा १ करोड २९ लाख ७५ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो नाफा ७८ लाख ३१ हजार रुपैयाँ थियो। यसअनुसार वितरणयोग्य नाफा ६५.६९ प्रतिशतले बढेको हो। सञ्चित रकम तथा अन्य समायोजनसमेतपछि असोज मसान्तमा कुल वितरणयोग्य नाफा १ करोड ९० लाख १४ हजार रुपैयाँ कायम रहेको विवरणमा उल्लेख छ।

यता, संस्थाको स्रोत लागतमा पनि सुधार आएको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा ५.६३ प्रतिशत रहेको कोषको लागत घटेर यसपटक ४.६३ प्रतिशतमा सीमित भएको छ। त्यसैगरी, ब्याज खर्च ५ करोड ८४ लाख २९ हजार रुपैयाँबाट घटेर ३ करोड १४ लाख ३१ हजार रुपैयाँमा झरेको छ। यो करिब ४६.२१ प्रतिशतको कमी हो।

तर ब्याज आम्दानीमा भने दबाब देखिएको छ। अघिल्लो वर्ष १० करोड ३२ लाख ७१ हजार रुपैयाँ रहेको ब्याज आम्दानी यसपटक घटेर ६ करोड ५३ लाख ३ हजार रुपैयाँमा सीमित भएको छ। फलस्वरूप खुद ब्याज आम्दानी ४ करोड ४८ लाख ४२ हजार रुपैयाँबाट घटेर ३ करोड ३८ लाख ७२ हजार रुपैयाँमा झरेको छ। ब्याजदर अन्तरसमेत १.५७ प्रतिशतबाट घटेर १.०८ प्रतिशत कायम भएको छ।

ब्याज आम्दानी घटे पनि नोक्सानी व्यवस्थाको राइटब्याकलगायतका कारण संस्थाको खुद सञ्चालन आम्दानी ११.१७ प्रतिशतले बढेर ४ करोड ७ लाख ३६ हजार रुपैयाँ पुगेको छ। सञ्चालन नाफा पनि अघिल्लो वर्षको २ करोड ४० लाख ५८ हजार रुपैयाँबाट बढेर २ करोड ५३ लाख ९७ हजार रुपैयाँ पुगेको छ।

पुँजी पर्याप्ततामा समेत संस्थाले सुधार गरेको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा ३०.६६ प्रतिशत रहेको जोखिमभारित सम्पत्तिको तुलनामा पुँजीकोष अनुपात चालु वर्षको सोही अवधिमा बढेर ३६.९१ प्रतिशत पुगेको छ। यसले सम्भावित वित्तीय जोखिम सामना गर्ने संस्थाको क्षमता थप बलियो भएको देखाउँछ।

असोज मसान्तसम्म संस्थाको चुक्तापुँजी १ अर्ब ३४ करोड ४९ लाख रुपैयाँ रहेको छ। जगेडा कोषमा ३६ करोड ९१ लाख रुपैयाँ र सञ्चित नाफामा १६ करोड १९ लाख रुपैयाँ रहेको छ। संस्थाको कुल इक्विटी १ अर्ब ८७ करोड ५९ लाख रुपैयाँ पुगेको छ।

संस्थाले लघुवित्त तथा सहकारी संस्थाहरूलाई ४ अर्ब ६७ करोड ९७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत असार मसान्तमा यस्तो कर्जा ४ अर्ब ६९ करोड ५२ लाख रुपैयाँ थियो। त्यस्तै, सापटी रकम ३ अर्ब ७६ करोड ४ लाख रुपैयाँबाट घटेर ३ अर्ब १५ करोड ५१ लाख रुपैयाँमा आएको छ।

नाफा वृद्धिसँगै संस्थाको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी ५.०१ रुपैयाँबाट बढेर ५.२९ रुपैयाँ पुगेको छ। प्रतिसेयर नेटवर्थ भने १३९.४९ रुपैयाँ कायम रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?