National life

नेपाल बैंकको सीईओ बन्न दौडधुप : क -कसले दिए आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ कात्तिक २०८०, सोमबार
644Shares
नेपाल बैंकको सीईओ बन्न दौडधुप : क -कसले दिए आवेदन ?
ncell

काठमाण्डौ । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) बन्नको लागि १९ जनाले आवेदन दिएका छन् ।

कम्पनीले प्रकाशित गरेको सूचना अनुसार उक्त पदका लागि आवेदन दिने अन्तिम मिति आइतबारसम्म रहेको थियो । सीईओ पदका लागि रमेश प्रसाद जोशी, शंकर केसी ,समता पन्त, देवेश प्रसाद लोहनी, अशोक कुमार पौडेल,अशोक कुमार पौडेल, विभु प्रसाद अर्याल, छन् ।

त्यस्तै, अन्य आवेदकहरुमा लक्ष्मण पौडेल, दिर्घ बहादुर अर्याल, ध्रुवचन्द्र गौतम,रामदेव यादव, सुन्दर पन्थी, कृष्ण प्रसाद आचार्य,छबिराज पन्त, राजुनाथ खनाल, बिष्णु देव यादव, प्रमोद बाबू तिवारी, सुरेन्द्र भुषण श्रेष्ठ, प्रताप सुवेदी र तिलक राज पाण्डेय छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आवेदन दिएकामध्ये प्रताप सुवेदी कृषि विकास बैंकका डेपुटी जनरल म्यानेजर हुन् भने देवेश प्रसाद लोहनी राष्ट्रिय वाणिज्य बैंकका डेपुटी कार्यकारी अधिकृत हुन्। त्यस्तै कृष्ण प्रसाद आचार्य कर्मचारी संचय कोषका पूर्व प्रशासक हुन् ।

त्यस्तै रमेश प्रसाद जोशी सिन्धु विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत हुन् भने विभु प्रसाद अर्याल नेपाल राष्ट्र बैंकका अवकाश प्राप्त कर्मचारी हुन् । राजुनाथ खनाल बैंक कै नायव महाप्रबन्धकबाट अवकाश प्राप्त कर्मचारी हुन् । खनालले ४ वर्ष अगाडी पनि सीईओ लागि आवेदन दिएका थिए ।खनालले ४ वर्ष अगाडी पनि सीईओ लागि आवेदन दिएका थिए ।

समता पन्त हाल नेपाल बैंकका कामु सीइओ हुन् । सुरेन्द्र भुषण श्रेष्ठ तत्कालिन नेपाल बंगलादेश बैंकका पूर्व सीइओ हुन् । दिर्घ बहादुर अर्याल हाल कृषि विकास बैंकका डेपुटी जनरल म्यानेजर हुन् । ध्रुव चन्द्र गौतम कृषि विकास बैंकक पूर्व उपमहाप्रवन्धक हुन् । रमेश प्रसाद जोशी सिन्धु विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत हुन् भने विभु प्रसाद अर्याल नेपाल राष्ट्र बैंकका अवकाश प्राप्त कर्मचारी हुन् ।

 

यो समाचार शेयर गर्नुहोस्
644SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?