National life

राष्ट्र बैंकले अब ८%सम्म खराब कर्जा भएका बैंक तथा वित्तीय संस्थाहरुमा पनि मुद्दति निक्षेप राख्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ फागुन २०८१, आइतबार
786Shares
राष्ट्र बैंकले अब ८%सम्म खराब कर्जा भएका बैंक तथा वित्तीय संस्थाहरुमा पनि मुद्दति निक्षेप राख्ने
ncell

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दति निक्षेप राख्नका लागि तोकेको शर्तमा खराब कर्जाको सीमा बढाएको छ । राष्ट्र बैंकले अब ८ प्रतिशतसम्म खराब कर्जा भएका बैंक तथा वित्तीय संस्थाहरुमा पनि मुद्दति निक्षेप राख्ने भएको हो । यसअघि भने राष्ट्र बैंकले निष्कृय कर्जा ५ प्रतिशत भन्दा कम भएका बैंक तथा वित्तीय संस्थाहरुमा मात्र मुद्दति निक्षेप राख्ने शर्त तोक्दै आएको थियो ।

नेपाल राष्ट्र बैंकले आइतबार विभिन्न कोशमा रहेको ४ अर्ब ७९ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दति निक्षेपका रुपमा लगानी गर्नका लागि बैंकहरुसँग प्रस्ताव माग गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
निक्षेप लिन इच्छुक बैंक तथा वित्तीय संस्थाका लागि तोकिएको शर्तहरुमा राष्ट्र बैंकले निष्कृय कर्जा (एनपीएल)अनुपात ८ प्रतिशत र खुद निष्कृय कर्जा (खुद एनपीएल) अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्ने जनाएको छ ।

वाणिज्य बैंकहरुमा ३ अर्ब २० करोड ६५ लाख, राष्ट्रियस्तरका विकास बैंकहरुमा ६० करोड ११ लाख तथा वित्तीय संस्थाहरुमा २० करोड ३ लाख रुपैयाँ निक्षेप जम्मा गर्ने राष्ट्र बैंकले उल्लेख गरेको छ । उक्त रकम आगामी सन् २०२५ मार्च १२ तारिकदेखि लागू हुनेगरी सन् २०२६ मार्च १२ सम्मका ३६६ दिनका लागि मुद्दति निक्षेपका रुपमा जम्मा गरिने राष्ट्र बैंकले बताएको छ । निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले चाहेको रकम तथा ब्याजदरसहित फागुन २० गते राति १२ बजेभित्र प्रस्ताव पेश गर्न राष्ट्र बैंकले आह्वान गरेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
786SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?