National life
cg eloctronics

राष्ट्र बैंकले ल्यायो ५० रुपैयाँको नयाँ नोट, के–के छन् फरक विशेषता ?

यस्तो छ नयाँ डिजाइन र सुरक्षा विशेषता

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|०२ असोज २०८३, शुक्रबार
1.6kShares
राष्ट्र बैंकले ल्यायो ५० रुपैयाँको नयाँ नोट, के–के छन् फरक विशेषता ?
muktinatha bikash bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ डिजाइन तथा परिमार्जित विशेषतासहितको ५० रुपैयाँ दरको बैंकनोट प्रचलनमा ल्याएको छ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार २०८३ असोज २ गतेदेखि साविककै आकार तथा डिजाइनमा परिमार्जित विशेषतासहितको ५० रुपैयाँ दरको नोट चलनचल्तीमा ल्याइएको हो।

नयाँ नोटमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त’ भन्ने प्रतिज्ञात्मक वाक्यांश उल्लेख गरिएको छ। नोटको अगाडिको भागमा हिमालको चित्र तथा लालीगुराँसको पानी छाप राखिएको छ। त्यसको मुनि ‘५०’ अंकित पानी छापसमेत रहेको राष्ट्र बैंकले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

नोटको तल्लो भागमा सिरिज नम्बर ‘वि.सं. २०८२’ उल्लेख गरिएको छ भने गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहनेछ। नोटमा १.२ मिलिमिटर चौडा सुरक्षा धागो राखिएको छ, जसमा ‘NRB’ लेखिएको छ।

everest bank

नोटको पछाडिको भागमा हिँडिरहेको चितुवाको चित्र राखिएको छ। त्यसमाथि ‘NEPAL RASTRA BANK’ लेखिएको छ भने तल्लो भागमा ‘RUPEES FIFTY’ र सिरिज नम्बर ‘2025 A.D.’ उल्लेख गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?