National life

डिजिटल कारोबार गर्दा सावधानी अपनाउन राष्ट्र बैंकको आग्रह

डिजिटल बैंकिङ र वालेट चलाउँदा सावधान! राष्ट्र बैंकले भन्यो– शंकास्पद लिङ्कमा विश्वास नगर्नू

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१० दिन अगाडि|२४ भदौ २०८३, बुधबार
1.2kShares
डिजिटल कारोबार गर्दा सावधानी अपनाउन राष्ट्र बैंकको आग्रह
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय सेवा प्रयोग गर्दा सुरक्षित कारोबारका लागि आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले डिजिटल बैंकिङ, मोबाइल वालेट, क्युआर भुक्तानीलगायत डिजिटल वित्तीय सेवाको प्रयोग बढ्दै गएकाले यसको सुरक्षित उपयोगका लागि वित्तीय साक्षरता आवश्यक रहेको जनाएको हो ।

राष्ट्र बैंकले डिजिटल वित्तीय सेवा प्रयोग गर्दा त्यसका सुविधा, जोखिम, शुल्क, सर्त तथा आफ्नो अधिकारबारे जानकारी राख्न आग्रह गरेको छ । साथै, फिसिङ, भिसिङ र स्मिसिङजस्ता डिजिटल ठगीका तरिका पहिचान गर्न पनि सचेत गराएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

राष्ट्र बैंकका अनुसार बैंक वा वित्तीय संस्थाले फोन, इमेल वा सन्देशमार्फत ग्राहकको पिन, ओटीपी, पासवर्ड वा कार्डको गोप्य सुरक्षा विवरण माग्दैनन् । त्यसैले यस्ता विवरण कसैलाई पनि उपलब्ध नगराउन सर्वसाधारणलाई आग्रह गरिएको छ ।

डिजिटल कारोबारलाई सुरक्षित बनाउन बलियो र फरक पासवर्ड प्रयोग गर्न तथा सम्भव भएसम्म बहु–तह प्रमाणीकरण सुविधा सक्रिय गर्न राष्ट्र बैंकले सुझाव दिएको छ । मोबाइल बैंकिङ तथा डिजिटल वालेट प्रयोग गर्दा सम्बन्धित संस्थाको आधिकारिक अनुप्रयोग मात्रै प्रयोग गर्न र सार्वजनिक वाइफाइमार्फत वित्तीय कारोबार नगर्न पनि आग्रह गरिएको छ ।

त्यस्तै, बैंक खाता, कार्ड, पासवर्ड, ओटीपीलगायत संवेदनशील वित्तीय जानकारी कृत्रिम बौद्धिकता तथा अन्य अनलाइन सेवामा अनावश्यक रूपमा साझा नगर्न राष्ट्र बैंकले सचेत गराएको छ ।

डिजिटल वित्तीय सेवा प्रयोग गर्नुअघि सेवा प्रदायकको विश्वसनीयता सुनिश्चित गर्न, शंकास्पद सन्देश, लिङ्क वा प्रस्तावमा विश्वास नगर्न र कुनै शंकास्पद गतिविधि वा अनधिकृत कारोबार देखिएमा तत्काल सम्बन्धित बैंक वा वित्तीय संस्थालाई जानकारी गराउन पनि राष्ट्र बैंकले आग्रह गरेको छ ।

राष्ट्र बैंकले डिजिटल वित्तीय सेवासम्बन्धी गुनासो दर्ताका लागि अनलाइन पोर्टलको व्यवस्था गरेको जनाएको छ । सुरक्षित डिजिटल कारोबारमार्फत वित्तीय ज्ञान हासिल गरी समृद्ध डिजिटल भविष्य निर्माण गर्न राष्ट्र बैंकले सर्वसाधारणलाई आह्वान गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?