National life

नेपाल राष्ट्र बैंकले ६ वटा गाडी लिलाम गर्दै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३१ असार २०८०, आइतबार
464Shares
नेपाल राष्ट्र बैंकले ६ वटा गाडी लिलाम गर्दै
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ वटा गाडी लिलाम गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेका ६ वटा गाडी लिलाम गर्ने भएको हाे ।

राष्ट्र बैंकले एक सूचना निकाल्दै ६ पुराना सवारी साधन सिलबन्दी बोलपत्रको माध्यमबाट लिलाम बिक्री गरिने जनाएको छ ।

बैंकले सन् २००८ मा बनेको स्वराज माज्दा बस न्यूनतम ४ लाख १५ हजार, सन् २०१२ मा बनेको सेभ्रोलेट टाभेरा ११ लाख ६७ हजार, सन् २०१२ मा बनेको सेभ्रोलेट टाभेरा ९ लाख ६२ हजार, सन् २०१२ मा बनेको सेभ्रोलेट टाभेरा ९ लाख ८२ हजार, सन् २०१२ मा बनेको महिन्द्रा स्कारपियो पिकअप १२ लाख ५ हजारमा र सन् २०१२ मा बनेको सेभ्रोलेट टाभेरा ११ लाख ८७ हजार न्युनतम लिलाम मुल्य तोकिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पुराना सवारी साधन जे-जस्तो अवस्थामा छन्, त्यस्तै अवस्थामा लिलाम हुने भएकाले खरिद गर्न इच्छुकले १७ दिनभित्र आवेदन दिन सकिनेछ ।

यो समाचार शेयर गर्नुहोस्
464SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?