National life

समस्यामा परेका ऋणीको पुनरुत्थानका लागि राष्ट्र बैंकले विशेष व्यवस्था गर्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०७ साउन २०८०, आइतबार
509Shares
समस्यामा परेका ऋणीको पुनरुत्थानका लागि राष्ट्र बैंकले विशेष व्यवस्था गर्ने
ncell

काठमाडौं । समस्यामा परेका ऋणीको पुनरुत्थानका लागि नेपाल राष्ट्र बैंकले विशेष व्यवस्था गर्ने भएको छ । केन्द्रीय बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमार्फत समस्यामा परेका ऋणीलाई कर्जा पुन:संरचना या अन्य व्यवस्था गरेर पुनरुत्थान गर्ने भएको हो ।

प्राकृतिक प्रकोप वा अन्य विशेष परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीहरुको कर्जा पुन:संरचना लगायतका व्यवस्था गरेर पुनरुत्थान तथा अन्य व्यवस्थापनका लागि बैंक तथा वित्तीय संस्थाले अवलम्बन गर्नुपर्ने उपाय र प्रक्रियालाई समावेश गरी ‘स्ट्रेस्ड लोन रिसोलुसन फ्रेमवर्क’ जारी गर्ने मौद्रिक नीतिमा उल्लेख छ ।

बजारमा छाएको सुस्तताका कारण व्यापार व्यवसाय ठप्प भएका बेला मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले विशेष व्यवस्था गर्न लागेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तर, ‘विशेष परिस्थितिजन्य कारण’का विषयमा भने ‘स्ट्रेस्ड लोन रिसोलुसन फ्रेमवर्क’ले स्पष्ट गर्नेछ ।

 

यो समाचार शेयर गर्नुहोस्
509SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?