National life

ठेकेदार कम्पनीले आलटाल गर्दा धुलिखेल-खावा सडक खण्डको ठेक्का रद्द

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ फागुन २०८१, बिहिबार
665Shares
ठेकेदार कम्पनीले आलटाल गर्दा धुलिखेल-खावा सडक खण्डको ठेक्का रद्द
ncell

काठमाडौँ। सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्गअन्तर्गत काभ्रेपलान्चोकस्थित निर्माणाधीन धुलिखेल-खावा सडक खण्डको ठेक्का रद्द गरेको छ।

आज कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै विस्तारको क्रममा रहेको उक्त चार किलोमिटर दूरीको सडकको ठेक्का रद्द भएको जानकारी दिएको हो । कार्यालयको मङ्गलवार बसेको बैठकले उक्त सडकको ठेक्का रद्द गर्ने निर्णय गरेको थियो।

जिल्ला सदरमुकाम धुलिखेलदेखि खावासम्मको सडक विस्तारको गौरी पार्वती निर्माण सेवा प्रालि नामक कम्पनीले विसं २०७९ जेठ २० मा २०८० चैत १९ गतेभित्र बनाइसक्नुपर्ने गरी रु २० करोड १९ लाख ४६ हजार पाँच सय एकमा ठेक्का लिएको थियो।

Royal Enfield
nic asia capital
ठेकेदार कम्पनीले निर्माणमा आलटाल गर्दै आएका कारण समय सीमा सकिएको ११ महिना बितिसक्दा पनि निर्माण सकेको थिएन ।

सडक उपभोक्ताले पटक पटक गुनासो गरेपछि तथा यात्रुले सास्ती बेहोरेपछि संसद्को पूर्वाधार समितिले समेत अनुगमन गरेको थियो। सडक डिभिजनको ताकेता पछि पनि ठेकेदार कम्पनीले निर्माणमा आलटाल गरेपछि पछिल्लो पटक गत माघ १९ गते पुनः स्पष्टीकरण सोधिएको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार कम्पनीले लिखित स्पष्टीकरण दिए पनि सन्तोषजनक, भरपर्दो विश्वसनीय नदेखिएपछि ठेक्का रद्द गर्ने निष्कर्षमा पुगिएको हो ।

हालसम्म धुलिखेल बसपार्कदेखि जिप लाइनसम्म डाँडा कटिङको काम मात्रै भएको छ भने केही स्थानमा नाली तथा ड्रेन-वाल लगाउने काम गरिएको छ भने जिप लाइनदेखि तल खावासम्मको करिब सडक मात्रै भत्काइएको तर एक किलोमिटर भागमा कटिङ नै बाँकी रहेको छ ।

समयमै निर्माण सम्पन्न नहुँदा यस राजमार्ग भएर गुड्ने सवारीका यात्रुले दुई वर्षदेखि निकै सास्ती खेप्दै आउनुपरेको छ । सडक निर्माणको काम समयमा नसकिँदा पुनः निर्माणका लागि भत्काइएको सडकमा सयौँ दुर्घटना हुँदा यात्री घाइते भएका छन्

यो समाचार शेयर गर्नुहोस्
665SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?