काठमाडौँ। राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मका लागि भन्दै राजावादीले फेरि जनआन्दोलन घोषणा गरेका छन् ।
राजसंस्था पुनर्स्थापनाका लागि गठित समितिका संयोजक नवराज सुवेदीले आज राजधानीमा पत्रकार सम्मेलन गर्दै जनआन्दोलन घोषणा गर्ने घोषणा गरेका छन् ।
सुवेदीले पत्रकार सम्मेलनमार्फत आफूहरूले शान्तिपूर्ण आन्दोलन गर्ने बताएका छन् । भद्र अवज्ञा र सत्याग्रह हाम्रो आन्दोलनको स्वरूप हुनेछ । उनले भने जेठ १५ गतेदेखि सुरु हुने अनिश्चित कालीन जनआन्दोलन व्यवस्था परिवर्तनका लागि भएको बताएका छन् ।
घोषणा सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, पञ्चायतकालीन नेता केशरबहादुर विष्ट लगायत उपस्थिति रहने भएको छ ।






































