National life

मन्त्रिपरिषद् बैठकका १९ निर्णय सार्वजनिक: सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ फागुन २०८१, शुक्रबार
503Shares
मन्त्रिपरिषद् बैठकका १९ निर्णय सार्वजनिक: सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने
ncell

काठमाडौँ । सरकारले आज मन्त्रिपरिषद् बैठकका १९ निर्णय सार्वजनिक गरेको छ। फागुन २१ गते बसेको मन्त्रिपरिषद्को बैठकका १९ निर्णय आज सार्वजनिक गरिएको हो ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आज उक्त निर्णय सार्वजनिक गरेका हुन् । बैठकले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक श्री कुलमान घिसिडलाई नेपाल विद्युत् प्राधिकरण, कार्यकारी निर्देशक वा महाप्रबन्धकको सेवाको शर्त तथा सुविधा सम्बन्धी विनियमावली, २०६१ (संशोधनसहित) को विनियम २२ को खण्ड (क) बमोजिम नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट किन नहटाउने ? भनी सोही विनियमावलीको विनियम २३ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्समक्ष तीन दिन भित्र सफाई पेश गर्न मौका दिने ।

Royal Enfield
nic asia capital
सो प्रयोजनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पत्राचार गर्ने निर्णय गरेको छ ।

साथै,  बैठकले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ को प्रतिस्थापन विधेयक संघीय संसदवाट अध्यादेश स्वीकृत भएपश्चात् पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।

२०८१ फागुन २६ गतेदेखि चैत्र ८ गतेसम्म न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय महिलाको स्थितिसम्बन्धी आयोग (सीएसडब्ल्यू) को ६९ औँ सम्मेलनमा सहभागी हुन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननीय नवल किशोर साह सुडीको नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने।

२०८१ फागुन २९ (तदनुसार १३ मार्च, २०२५) मा बेलायतको लन्डनमा आयोजना हुने मन्त्रीस्तरीय गोलमेच कार्यक्रममा सहभागी हुन वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीलाई स्वीकृति प्रदान गर्ने।

सहसचिव वीरेन्द्रकुमार यादवलाई मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालय, कर्णाली प्रदेशको प्रमुख सचिव पदमा कायममुकायम मुकरर गर्ने।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (शासकीय मामिला); उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय (वाणिज्य तथा आपूर्ति); महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवको विभिन्न देशमा हुने वैदेशिक भ्रमण स्वीकृत गर्ने।

नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त पदमा मधेश प्रदेशका कायममुकायम प्रमुख सचिव मदन भुजेललाई बढुवा गरी मधेश प्रदेशमा पदस्थापन गर्ने। लगायतको निर्णय सार्वजनिक गरेको छ ।

विस्तृतमा हेर्नुहोस्

यो समाचार शेयर गर्नुहोस्
503SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?