National life

अन्तत आजैदेखि अगाडि बढ्यो निर्माण व्यवसायीको रकम भुक्तानीको प्रक्रिया

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ पुस २०८०, आइतबार
676Shares
अन्तत आजैदेखि अगाडि बढ्यो निर्माण व्यवसायीको रकम भुक्तानीको प्रक्रिया
ncell

काठमाडौँ । नेपाल सरकारको तर्फबाट निर्माण व्यवसायीहरूलाई भुक्तानी गर्नुपर्ने रकम तत्काल भुक्तानी हुने भएको छ ।

आज (आइतबार) दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्ष सिंहदरबारमा भएको छलफलपछि निर्माण व्यवसायीहरूले भुक्तानी पाउनुपर्ने रकम निकासाको प्रक्रिया आजै देखि अगाडि बढाउने निर्णय गरिएको छ ।

अर्थमन्त्री डा.प्रकाशशरण महत, भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, मुख्यसचिव डा.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बैकुण्ठ अर्याल, अर्थसचिव डा. कृष्णहरि पुष्कर, भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालसहितको उपस्थितीमा भएको छलफलपछि आजै भुक्तानीको प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ ।

छलफलमा प्रधानमन्त्री प्रचण्डले निर्माण व्यवसायीको गत आर्थिक वर्षको भुक्तानी गर्न बाँकी १ अर्ब ७१ करोड र चालु आर्थिक वर्षको अहिलेसम्मको दायित्व गरी ६ अर्ब ३० करोड तत्काल निकासा गरेर विकास निर्माणका काममा गति दिन अर्थ मन्त्रालयलाई निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीको निर्देशनपछि भएको छलफलमा अर्थ मन्त्रालयले आजै भुक्तानीको प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो ।

यो समाचार शेयर गर्नुहोस्
676SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?