National life

अब बैंकले विदेशी विनिमय कारोबारको इजाजत पत्र नवीकरण गर्नु नपर्ने,अन्य संशोधन यस्ता छन्

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ मंसिर २०८०, सोमबार
648Shares
अब बैंकले विदेशी विनिमय कारोबारको इजाजत पत्र नवीकरण गर्नु नपर्ने,अन्य संशोधन यस्ता छन्
ncell

काठमाडौं । अब बैंकहरुले विदेशी विनिमयको कारोबार गर्न एकपटक इजाजत दिएपछि नवीकरण गर्नु नपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को दोस्रो संशोधनमा यस्तो व्यवस्था गरेको हो ।यो व्यवस्था अनुसार अब बैंकले एकपटक विदेशी विनिमयको कारोबार गर्न इजाजत लिएपछि हरेक पाँच वर्षमा नवीकरण गरिरहनु नपर्ने भएको छ ।

यसअघि एकमुष्ट रुपमा प्राप्त गरेको इजाजतपत्रको आधारमा आफ्ना शाखाहरुबाट मात्रै विदेशी विनियमयको कारोबार गर्न पाउने व्यवस्था भएतापनि।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अब बैंक तथा वित्तीय संस्थाहरुको एक्सटेन्सन काउण्टरबाट पनि विदेशी विनिमयको कारोबार गर्न सकिने भएको छ ।

यसअघि तीन वर्षको लागि मात्रै इजाजत दिने व्यवस्था रहेको होटल, रिसोर्ट, ट्राभल एजेन्सी, एयरलाइन्स, कार्गो कम्पनी, ट्रेकिङ एजेन्सी लगायत कम्पनीहरुले पनि विदेशी विनिमय कारोबारको लागि पाउने इजाजतपत्रको अवधि बढाइएको छ ।

विदेशी पर्यटक तथा ऐन बमोजिम विदेशी विनिमयमा भुक्तानी गर्न सक्ने व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई वस्तु तथा सेवा बिक्री गरेबापत विदेशी विनिमयमा हुने भुक्तानी स्वीकार गर्न यस्ता कम्पनीलाई विदेशी विनिमय कारोबारको लागि बढीमा पाँच वर्षको इजाजत पाउने भएका छन् ।

यस्तै क्षेत्रीय स्तरका वित्तीय संस्थाले आफ्नो केन्द्रीय कार्यालय रहेको स्थानको नजिकको राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा विभागमा लाइसेन्सका लागि आवेदन दिन सक्ने भएको छ । राष्ट्र बैंकले विनियमावली संशोधन गरी प्रादेशिक कार्यालयलाई अधिकार प्रत्यायोजन गरेको हो ।

क्यासिनोले विदेशी विनिमयको कारोबार गर्न नेपाल सरकारको इजाजत पाएको वा नवीकरण भएको हुनुपर्ने भएको छ । क्यासिनोले विदेशी विनिमय कारोबार अनुमति पाउन नेपाल सरकारको सम्बन्धित निकायबाट नियमानुसार अनुमति-इजाजतप्राप्त गरेका (नवीकरण समेत) हुनुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको हो ।

यो समाचार शेयर गर्नुहोस्
648SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?