काठमाडौं । नेसनल लघुवित्तले आगामी महिना चैत १६ गते वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीको सभा धुलिखेल लज रिसोर्ट धेलिखेल,काभ्रेपलान्चोकमा बिहान १०ः३० बजेदेखि सुरु हुने जनाएको छ । साधारण सभाले गत वर्षको नाफाबाट ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ७.५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
साथै, सभामा ६ लाख ६९ हजार ९ सय कित्ता थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्ने प्रस्ताव समेत समेटिएको छ । सभाले जारी तथा चुक्ता पुँजी वृद्धि गरि सोही बमोजिम प्रबन्ध पत्र तथा नियमावली संशोधन पनि गर्नेछ । सभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना तथा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरूको निर्वाचन गर्नेछ ।
सभामा आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखा परीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।
सभा प्रयोजनार्थ कम्पनीले फागुन ३० गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, फागुन २९ गतेसम्म कायम शेयर धनीले कम्पनीले प्रस्ताव गरेको लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।
































