काठमाडौं। एलआईसी नेपालले गत आर्थिक वर्षको असार महिनासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको बित्तीय विवरण अनुसार अधिकांश सूचांकमा बढोत्तरी भएको छ ।
आज प्रकाशित कम्पनीको वित्तीय विवरण अनुसार व्यवसायमा सामान्य बृद्धि भएको छ भने जीवन बीमा कोषको आकार एक खर्ब २० अर्ब रुपैयाँ संचित गर्न सफल भएको छ । कम्पनीको कूल दुई अर्ब ६५ करोड ३२ लाख चुक्ता पुँजि भएको एलआईसी नेपालको जीवन बीमा कोषमा एक खर्ब २० अर्ब ३८ करोड रुपैयाँ सचिंत रहेको छ ।
गत आवको सोही अवधीमा यस्तो कोषको आकार एक खर्ब ६ अर्ब रुपैयाँ रहेको थियो । यस अवधिमा कम्पनी जीवन बीमा कोष १३.२० प्रतिशतले बढाउन सफल भएको छ । समीक्षा अवधिमा कम्पनीको जगेडा कोष तीन अर्ब ३२ करोडबाट बृद्धि भई तीन अर्ब ५७ करोड रुपैयाँको बन्न पुगेको छ । कम्पनीले जगेडा कोषको आकार ७.६५ प्रतिशतले वृद्धि भएको छ।
कम्पनीले गत आर्थिक वर्षमा बीमा अभिकर्तालाई दिने कमिशन रकममा सामान्य अंकले घटेर एक अर्ब ४३ करोडबाट एक अर्ब ३९ करोडमा आएको छ । कम्पनीको खुद नाफा ६८.३१ प्रतिशतले घटेर ७५ करोडबाट २३ करोडमा झरेको छ ।
कम्पनीले कूल एक खर्ब सात करोड रुपैयाँ लगानी गरेको छ । त्यस्तै २२ अर्ब रुपैयाँ बीमितलाई ऋण लगानी गरेको छ । कम्पनीको लगानी १५.६८ प्रतिशतले बृद्धि भएको छ भने कर्जा प्रवाह १.५२ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले आफ्ना बीमितहरुलाई आवश्यक परेको अवस्थामा उचित रुपले कर्जा प्रवाह गर्दै आएको छ।
कम्पनीको व्यवसाय ३.६५ प्रतिशतले बृद्धि भई १७ अर्ब ४७ करोडबाट बढेर १८ अर्ब १० करोड नाघेको छ। त्यस्तै, कम्पनीको खुद बीमा शुल्क आम्दानी १८ अर्ब छ करोड रहेको छ । समीक्षा अवधीमा एलआईसी नेपालको कूल खर्च ७.३२ प्रतिशत बढेर दुई र्ब ५५ करोडबाट दुई अर्ब ७४ करोड पुगेको छ । कर्जाबाट प्राप्त ब्याज आम्दानी १०.१६ प्रतिशतले बृद्धि भई ११ अर्ब ७० रुपैयाँ पगेको हो ।


































