काठमाडौँ। गत आवको चौथो त्रैमाससम्ममा कालिका लघुवित्तले ६ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार अघिल्लो आवमा संस्थाले आर्जन गरेको २ करोड ६९ लाख रुपैयाँको तुलनामा यो रकम १३४.०२ प्रतिशतले बढी हो।
त्यस्तै, संस्थाको खुद सञ्चालन आम्दानी २४.७३ प्रतिशतले वृद्धि भएर ३२ करोड ७२ लाख रुपैयाँ पुगेको छ।
३७ करोड २३ लाख रुपैयाँ चुक्तापूँजी भएको संस्थाको रिटेन्ड अर्निङ १०१.२६ प्रतिशतले बढेर ६ करोड ६५ लाख रुपैयाँ र रिजर्भ १७.५९ प्रतिशतले बढेर २० करोड ४० लाख रुपैयाँ पुगेको छ । संस्थाको निक्षेप संकलन १ अर्ब ३५ करोड र कर्जा प्रवाह ३ अर्ब ९० करोड रुपैयाँ रहेको छ । चौथो त्रैमाससम्म संस्थाले खराब कर्जा अनुपात घटाएको छ । अघिल्लो आवसम्म ४.८५ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ३.७९ प्रतिशत कायम भएको छ ।
त्यस्तै संस्थाको वितरणयोग्य मुनाफा ३ करोड ४४ लाख र वार्षिक लाभांश क्षमता ९.२७ प्रतिशत रहेको छ। प्रतिसेयर आम्दानी १६.९५ रुपैयाँ रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १७२.७० रुपैयाँ,मूल्य आम्दानी अनुपात ७५.८१ गुणा रहेको छ ।


































