National life

कुमारी क्यापिटल सहित तीन कम्पनीको साधारण सभा आज बस्दै, यस्ता छन् एजेन्डा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ असोज २०८१, बिहिबार
650Shares
कुमारी क्यापिटल सहित तीन कम्पनीको साधारण सभा आज बस्दै, यस्ता छन् एजेन्डा
ncell

काठमाडौँ। आज बिहीबारका दिन  तीन कम्पनीले लाभांश र आइपीओ निष्काशन लगायतका प्रस्तावसहित वार्षिक साधारण सभा गर्न लागेका छन् । । कम्पनीहरूले काठमाडौँका विभिन्न स्थानमा वार्षिक साधारण सभा आह्वान गरेका हुन् ।

कुमारी क्यापिटल लिमिटेडको सभा आज साँझ ५ बजे  कुमारी बैंक लिमिटेड टंगाल, कामाडौंमा बस्ने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत नगद लाभांश ९कर सहित० वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ ।

साथै, आर्थिक वर्ष २०८०र८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१र८२ का लागि लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा समेटिएको छ ।

गाउँघर उज्यालो साना हाइड्रोपावर

गाउँघर उज्यालो साना हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासनसहितका विशेष प्रस्ताव पारित गर्न आज  बिहान ११ बजेदेखि ललितपुरको बालकुमारीस्थित केएफसीमा साधारण सभा बोलाएको छ ।

सभाले कम्पनीको पुँजी वृद्धि गर्ने, कम्पनीको प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने, प्राथमिक शेयरको सार्वजनिक निष्कासन गर्ने, शेयरको सार्वजनिक निष्कासनबाट प्राप्त हुने पुँजीको उपयोग बारे निर्णय गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै सभाले कम्पनीको २०८०र ०८१ को वार्षिक प्रतिवेदन अनुमोदन गर्ने, लेखा परीक्षण प्रतिवेदन र अन्य सम्बन्धित वित्तीय विवरण पारित गर्ने तथा आर्थिक वर्ष २०८१र०८२ को लेखा परीक्षण गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यस्तै गोरक्ष हाइड्रोपावर लिमिटेडले आज बत्तिस पुतलीमा रहेको होटल इम्पेरियलमा वार्षिक साधारण सभा आह्वान गरिएको छ। भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७९र८० र आर्थिक वर्ष ०८०र८१ को साधारण सभा बोलाउने निर्णय गरेको थियो ।

साधारण सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रगति विवरण प्रस्तुत गर्नेछन् भने आर्थिक वर्ष ०७९र८० र ०८०र८१ के वार्षिक लेखा परीक्षण प्रतिवेदन, अनुसूची सहितको वित्तीय विवरण अनुमोदन गरिनेछ।

त्यस्तै, आर्थिक वर्ष ०८१र८२ का लागि लेखा परीक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने, संस्थापक समूहमध्येबाट ३ जना र एक व्यावसायिक विज्ञसहित सञ्चालक चयन गरिने छ।

कम्पनीको अधिकृत पुजी वृद्धि गरी १ अर्ब ७० करोड पुर्‍याउने विशेष प्रस्ताव पेस गरिने भएको छ भने तत्कालीन जारी पुजी वृद्धि गरी १ अर्ब ३० करोड कायम गरिने भएको छ।

यो समाचार शेयर गर्नुहोस्
650SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?