काठमाडौँ । ग्लोबल आईएमई क्यापिटलको योजना व्यवस्थापनमा ग्लोबल आईएमई फण्ड अन्तर्गत सञ्चालित ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ ले लाभांश घोषणा गरेको छ । आर्थिक वर्ष २०८१/८२ को लागि फण्डको लाभांश घोषणा गरिएको हो ।
फण्डले कर सहित १२ प्रतिशत लाभांश घोषणा गरेको हो । सोसँगै फण्डले अब कुल १२ करोड ३० लाख ९१ हजार ६ सय ३२ रुपैयाँ लाभांश दिने छ ।
लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति भने पछि प्रकाशन गरिने क्यापिटलले जनाएको छ ।





































