National life

ट्रम्पको इरान वार्ता दाबी अस्वीकार : ब्रेन्ट तेल फेरि उकालो, १०० डलरभन्दा माथि

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१० चैत २०८२, मङ्गलबार
1.2kShares
ट्रम्पको इरान वार्ता दाबी अस्वीकार : ब्रेन्ट तेल  फेरि उकालो, १०० डलरभन्दा माथि
ncell

काठमाडौं। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्यका लागि सकारात्मक वार्ता भएको दाबी गरेपछि सोमबार घटेको ब्रेन्ट कच्चा तेलको मूल्य मंगलबार फेरि बढेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, ट्रम्पको दाबी इरानले अस्वीकार गरेपछि एसियामा मंगलबार बिहान ब्रेन्ट तेलको मूल्य ३.७५ प्रतिशत वृद्धि भई १०३.६९ अमेरिकी डलर प्रति ब्यारेल पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसअघि सोमबार ट्रम्पले इरानमा पाँच दिनका लागि आक्रमण स्थगन गर्ने घोषणा गरेपछि तेलको मूल्य १० प्रतिशतभन्दा बढी घटेर ९६ अमेरिकी डलर प्रति ब्यारेलमा झरेको थियो। ट्रम्पले सामाजिक सञ्जाल (ट्रुथ सोसल)मार्फत अमेरिका र इरानबीच दुई दिनको सकारात्मक छलफल भएको र यसका आधारमा युद्ध विभागलाई इरानका पावर प्लान्ट तथा ऊर्जा पूर्वाधारमा पाँच दिनसम्म आक्रमण स्थगन गर्न निर्देशनदिएका छन्।

तर, लगत्तै इरानले ट्रम्पको दाबी अस्वीकार गरेको छ। इरानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ कुनै 'वार्ता तब मात्र हुनेछ जब युद्धसँग सम्बन्धित उनका लक्ष्य पूरा हुनेमा विश्वास हुनेछ।'

त्यस्तै, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले पनि इरानविरुद्ध आक्रमण जारी रहेको बताएका छन्। अमेरिकाले इजरायलसँग मिलेर गत फेब्रुअरी २८ मा इरानका शीर्ष नेताहरूको हत्या गरेको यो युद्धक्रममा अहिलेसम्म इरानमा ३ हजारभन्दा बढी जनाको मृत्यु भइसकेको छ।

समग्रमा, ट्रम्पको सकारात्मक वार्ता दाबी र इरानको अस्वीकारबीच तेल बजारमा अस्थिरता देखिएको छ, जसले अन्तर्राष्ट्रिय बजारमा मूल्य उतार-चढावको संकेत दिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?