National life

मापदण्ड सहित डिडिसीलाई ६० करोड ऋण लगानी गर्न अर्थ मन्त्रालयको सहमति

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ भदौ २०८१, सोमबार
885Shares
मापदण्ड सहित डिडिसीलाई ६० करोड ऋण लगानी गर्न अर्थ मन्त्रालयको सहमति
ncell

काठमाडौँ ।  निश्चित मापदण्ड सहित अर्थ मन्त्रालयले दुग्ध विकास संस्थानमा ६० करोड रुपैयाँ ऋण लगानी गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सहमति दिएको छ।

चालु आर्थिक वर्षमा दुग्ध विकास संस्थानको नाममा ऋण लगानी अन्तर्गत १ करोड रुपैयाँ बजेट व्यवस्था भएकोमा कृषि मन्त्रालयमा विनियोजित रकमबाट थप ५९ करोड रुपैयाँ रकमान्तर गरी कूल ६० करोड ऋण लगानी गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न सहमति दिइएको हो ।

उक्त प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि सरकारले दुग्ध विकास संस्थानमा  ऋणको रुपमा लगानी गर्ने भएको छ ।  दुग्ध विकास संस्थानले यो रकम तत्कालका लागि किसानहरूलाई दूधको बाँकी रकम भुक्तानीमा प्रयोग गर्न सक्ने अर्थको भनाई छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

दुग्ध विकास संस्थानबाट दूधको भुक्तानी नपाएको भन्दै किसानहरूले भुक्तानीका लागि पटक पटक माग गर्दै आएका छन् । किसानलाई दूधको बाँकी रकम भुक्तानी गर्ने विषयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृषि मन्त्री रामनाथ अधिकारीसँग पटक पटक छलफल  भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
885SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?