National life
cg eloctronics

तिहारमा ४५ लाख थान फूल माला खपत हुने आकलन, नेपाल उत्पादनमा ९०% आत्मनिर्भर

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ असोज २०८२, सोमबार
1.2kShares
तिहारमा ४५ लाख थान फूल माला खपत हुने आकलन, नेपाल उत्पादनमा ९०% आत्मनिर्भर
ncell

काठमाडौँ । यस वर्षको तिहार पर्वका लागि देशभर करिब ४५ लाख थान फूल माला खपत हुने अनुमान गरिएको छ। पुष्प व्यवसायी संगठन नेपाल फ्लोरिकल्चर एसोसिएसन (फ्यान) ले दिएको जानकारी अनुसार बजारमा बढ्दो माग र फूल खेतीको आकर्षणका कारण ९० प्रतिशत माग स्वदेशी उत्पादनले पूरा गर्ने अपेक्षा राखिएको जनाएको छ ।

तिहार आउन एक साता मात्र बाँकी रहँदा किसानहरूले सयपत्री, मखमली, गोदावरी फूल टिप्ने र माला बुन्ने काम तीव्र रूपमा सुरु गरिसकेका छन्। यस वर्ष अनुमानअनुसार ४० लाख थान सयपत्री माला, ५ लाख ५० हजार मखमली माला, ५० हजार गोदावरी माला र २० हजार मिक्स माला बजारमा आपूर्ति हुने फ्यानको आकलन छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस वर्ष थोक बजारमा सयपत्री माला ८०–८५ रुपैयाँ, मखमली माला ४०–४५ रुपैयाँ, जबकि खुद्रा बजारमा सयपत्री माला १२०–१२५ रुपैयाँ, मखमली माला ८०–८५ रुपैयाँ पर्ने फ्यानको अनुमान छ। मिश्रित माला ३ सयदेखि १ हजार रुपैयाँ र गोदावरी माला १ हजारदेखि ३ हजार रुपैयाँसम्म मूल्य निर्धारण हुने सम्भावना छ।

त्यस्तै, हाल नेपाल फूल उत्पादनमा ९० प्रतिशत आत्मनिर्भर छ। बाँकी १० प्रतिशत माग मिश्रित मालाका लागि आवश्यक केही फूल विदेशबाट कानुनी प्रक्रियासहित आयात गर्नुपर्ने देखिन्छ। हाल देशभर ५२ जिल्लामा करिब २७० हेक्टर जमिनमा फूलखेती भइरहेको छ। देशभर १,२३५ भन्दा बढी पुष्प व्यवसायी, नर्सरी, कट फ्लावर उत्पादक, खुद्रा–थोक व्यापारी, इनपुट सप्लायर र लुज फ्लावर उत्पादक समेत यस क्षेत्रमा संलग्न छन्।

यस क्षेत्रमा हालसम्म ८ अर्ब ८३ करोड रुपैयाँ लगानी भइसकेको र ५३ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी पाएका छन्। हाल नेपालबाट जापान, हङकङ, अमेरिका, अस्ट्रेलिया, कतार, क्यानडा, यूएई, माल्टा लगायत देशमा बल्ब, ट्युबर रुट्स, ड्राइ तथा फ्रेश फ्लावर निर्यात भइरहेको छ। यस्तै, भारत, नेदरल्यान्ड, जर्मनी, चीन, जापान, केन्या लगायत देशबाट बीउबिजन र पुष्पजन्य वस्तु आयात भइरहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?