National life
cg eloctronics

त्रिविमा सुरु भयो विद्यार्थी लक्षित "स्टक मार्केट वर्कसप"

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० साउन २०८२, शुक्रबार
525Shares
त्रिविमा सुरु भयो विद्यार्थी लक्षित "स्टक मार्केट वर्कसप"
ncell

काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विश्वविद्यालय क्याम्पस त्रिविको आयोजनामा ‘स्टक मार्केट वर्कसप’ आजदेखि सुरु भएको छ । सो कार्यशाला कार्यक्रम आगामी भदौ ६ गतेसम्म केन्द्रीय पुस्तकालय (नयाँ भवन) मा सञ्चालन हुनेछ । कार्यशाला हरेक दिन बिहान ७ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कार्यशालामा फन्डामेन्टल एनालिस्ट शुलभ श्रेष्ठ र टेक्निकल एनालिस्ट सन्तोष सिंह लिङ्देनले विद्यार्थीहरूलाई शेयर बजारसम्बन्धी प्रारम्भिक जानकारी गराउनेछन् । शुक्रबारको उद्घाटन सत्रमा शुलभ श्रेष्ठले शेयर बजारको आवश्यकता, आधारभूत संरचना र ट्रेडिङ प्लेटफर्महरूको बारेमा विद्यार्थीहरूलाई जानकारी गराएका थिए ।

वर्कसपमा विद्यार्थीहरूलाई विभिन्न खालका विश्लेषण, जोखिम व्यवस्थापन, बजार मनोविज्ञान, लगानी पोर्टफोलियो निर्माण तथा मूल्य प्रवृत्तिको माध्यमबाट नेपाली बजार बुझ्ने तरिकाको प्रशिक्षण दिइनेछ ।

विद्यार्थीहरूले आफूसँग रहेको थोरै थोरै रकमलाई कहाँ र कसरी लगानी गर्न सकिन्छ भन्ने कुराको सामान्य जानकारी वर्कसपमा प्राप्त गर्न सक्ने प्रशिक्षक शुलभ श्रेष्ठले बताए । "मास्टर्स गर्दै गरेका विद्यार्थीहरूको लक्ष्य के के हुन सक्छन् ? विद्यावारिधि, विवाह वा भविष्य सम्बन्धी विभिन्न योजना हुन सक्छन् । ती योजनालाई सुनिश्चित गर्न शेयर बजार उपयोगी हुन सक्छ । तर लगानी गर्दा आफ्नो क्षमता चाहिँ बुझ्न जरुरी हुन्छ । साथै आफूले कति जोखिम लिन सक्छु भन्ने कुरा पनि थाहा हुनुपर्छ," उनले सुनाए ।

कार्यक्रममा सहभागी विद्यार्थी युवराज पौडेल र कविता पौडेलले पहिलो दिनको सत्र उपयोगी, ज्ञानवर्धक र फलदायी भएको प्रतिक्रिया दिए ।

त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरका स्ववियु सभापति दीपक राज जोशीले विद्यार्थीहरूमा शेयर बजारसम्बन्धी ज्ञान होस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए । आफूहरूले यसअघि अनुसन्धान लेखन तथा प्रकाशन, कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका विषयमा पनि बुट क्याम्पहरू सञ्चालन गरिसकेको उनले जानकारी दिए ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
525SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?