National life

निक्षेप सुरक्षण भनेको के हो ? खातामा जम्मा भएको ५ लाखसम्मको रकमको सुरक्षण कसरी हुन्छ ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१२ भदौ २०८०, मङ्गलबार
877Shares
निक्षेप सुरक्षण भनेको के हो ? खातामा जम्मा भएको ५ लाखसम्मको रकमको सुरक्षण कसरी हुन्छ ?
ncell

आर्थिक भ्वाइस संबाददाता

काठमाडाैं । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थामा प्राकृतिक व्यक्तिका नाममा खोलिएका बचत तथा मुद्दति खातामा राखेको निश्चित सीमा सम्मको रकम संस्था समस्याग्रस्त घोषणा भई फिर्ता गर्न नसकेमा उक्त सीमासम्मको निक्षेप रकम फिर्ता गर्ने गरी सुरक्षण गराउने काम नै निक्षेप सुरक्षण हो । हाल प्राकृतिक व्यक्तिका नाममा बैंक तथा वित्तीय संस्थाको बचत तथा मुद्दती खातामा रहेको ५ लाखसम्मको रकमको सुरक्षण गरिएको छ ।

नेपाल राष्ट्र बैंकबाट निक्षेप सङ्कलन गर्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपको सुरक्षण कोषले मात्र गर्दछ ।

कोषले नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त बैंक तथा वित्तीय संस्थामा प्राकृतिक व्यक्तिहरुको चल्ती बचत वा मुद्दती खातामा जम्मा रहेको रु.
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
५ लाख निक्षेप सुरक्षण गर्दछ ।

सुरक्षित सदस्य संस्थाको सदस्यताको लागि बैंक तथा वित्तीय संस्थाले कोष समक्ष निवेदन दिँदा त्यस्तो संस्थाको कुल चुक्ता पूँजीको ०.०५ प्रतिशतले हुन आउने रकम सदस्यता शुल्क बापत बुझाउनु पर्नेछ ।

निक्षेप सुरक्षण शुल्क वार्षिक रुपमा ०.१६ प्रतिशत र त्रैमासिक रुपमा ०.०४ प्रतिशतको दरले निर्धारण गरिएको छ ।

लिक्विडेशनमा गएको वा खारेजीमा परेका कारणले कुनै सुरक्षित सदस्य संस्थाको सदस्यता कायम नरहेको अवस्थामा समेत लिक्विडेशन वा खारेजीको प्रक्रिया अन्त्य नभएसम्म कोषमा सुरक्षण गरिएको निक्षेप सुरक्षित रहेको मानिन्छ ।

सुरक्षित सदस्य संस्था समस्याग्रस्त भई लिक्विडेशन वा खारेजीको प्रक्रियामा रहेको कारणबाट सुरक्षित निक्षेपकर्ताको रकम तत्काल भुक्तानी दिन सुरक्षित सदस्य संस्था असमर्थ भएमा कोषले सम्वन्धित निक्षेपकर्तालाई सुरक्षित निक्षेपको शोधभर्ना दिन्छ ।

सम्बन्धित लिक्विडेटरले क्षतिपूर्ति दिनुपर्ने निक्षेप र निक्षेपकर्ताको विवरण कोषलाई उपलब्ध गराउनु पर्नेछ ।

कोषले लिक्विडेटरले उपलब्ध गराएको निक्षेपकर्ताहरुको विवरण अनुसार एजेन्ट बैंक मार्फत सम्बन्धित निक्षेपकर्ताहरुलाई क्षतिपूर्ति रकम भुक्तानी गर्दछ ।

निक्षेप सुरक्षण का ६१ वटा सदस्य संस्थाहरु रहेका छन् । जसमा क वर्गका वाणिज्य बैंकहरु २६ वटा, ख वर्गका विकास बैंकहरु १७ वटा, ग वर्गका फाइनान्स कम्पनीहरु १६ वटा र घ वर्गका लघुवित्त तथा वित्तीय संस्थाहरु २ वटा रहेका छन् ।

https://aarthikvoice.com/archives/10926

 

यो समाचार शेयर गर्नुहोस्
877SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?