National life

नेपाल इन्स्योरेन्सले बोलायो साधरणसभा , यी हुन एजेन्डा 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ वैशाख २०८१, बुधबार
630Shares
नेपाल इन्स्योरेन्सले बोलायो साधरणसभा , यी हुन एजेन्डा 
ncell

काठमाण्डौ । नेपाल इन्स्योरेन्स लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनीको वैशाख १८ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ ४ गतेका लागि विशेष साधारण सभा बोलाएको हो ।

उक्त सभा नेपाल पज्ञा प्रतिष्ठानमा बिहान ११ बजे आयोजना हुनेछ । उक्त सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको जारी तथा चुक्तापूँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँको ४० प्रतिशत अर्थात १० सेयरबापत ४ सेयर अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै हकप्रद सेयर जारी पश्चात कम्पनीको जारी तथा चुक्तापूँजी वृद्धि भई २ अर्ब ३० करोड १९ लाख ३८ हजार पुग्ने हुँदा सोहि बमोजिम कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने, संशोधित प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन भएको सोहि बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्च अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

 

यो समाचार शेयर गर्नुहोस्
630SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?