National life
cg eloctronics

नेप्सेमा सूचीकृत सिमेन्ट कम्पनीहरूले १२ महिनामा १ अर्बभन्दा बढी नाफा कमाए, सर्वोत्तम अगाडि

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ भदौ २०८२, मङ्गलबार
1.3kShares
नेप्सेमा सूचीकृत सिमेन्ट कम्पनीहरूले १२ महिनामा १ अर्बभन्दा बढी नाफा कमाए, सर्वोत्तम अगाडि
ncell

काठमाडौँ । नेप्सेमा सूचीकृत चारवटा सिमेन्ट कम्पनीहरूले पछिल्ला १२ महिनामा कुल १ अर्ब १४ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। तीमध्ये तीन कम्पनी नाफामा रहेकामा एक कम्पनीले घाटा व्यहोरेको छ।

घोराही सिमेन्टले असार मसान्तसम्म ६६ करोड ३ लाख रुपैयाँको घाटा व्यहोरेको छ भने बाँकी तीन कम्पनी भने मुनाफामा देखिएका छन्। सर्वोत्तम सिमेन्टले १ अर्ब ४५ लाख र शिवम् सिमेन्ट्सले ७९ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। सोनापुर सिमेन्टले पनि ६१ लाख ५० हजार रुपैयाँको सानो नाफा कमाउन सफल भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यी चार कम्पनीहरूको कूल चुक्ता पुँजी १८ अर्ब ७ करोड रुपैयाँभन्दा बढी छ। सबैभन्दा धेरै पुँजी शिवम् सिमेन्ट्सको ५ अर्ब ४५ करोड, त्यसपछि सर्वोत्तम सिमेन्टको ४ अर्ब ९७ करोड, घोराहीको ४ अर्ब ५६ करोड र सोनापुरको ३ अर्ब ७ करोड रुपैयाँ बराबर छ।

जगेडा कोषमा शिवम् सिमेन्ट्सले ४ अर्ब ८३ करोड रुपैयाँ संकलन गरेको छ। त्यसपछि सर्वोत्तम सिमेन्टको ४ अर्ब ७३ करोड, घोराहीको ४ अर्ब ४ करोड र सोनापुरको २ अर्ब ७८ करोड रुपैयाँ रहेको छ।

सञ्चालन आम्दानीतर्फ हेर्दा सर्वोत्तम सिमेन्ट सबैभन्दा अगाडि रहेको छ। यसले ९ अर्ब ५५ करोड रुपैयाँको आम्दानी गरेको हो। त्यसपछि शिवम् सिमेन्ट्सले ७ अर्ब ७६ करोड, घोराही सिमेन्टले ५ अर्ब ५ करोडको आम्दानी गरेका छन्।

बढ्दो सञ्चालन आम्दानी र घट्दो ब्याजदरले गर्दा सिमेन्ट कम्पनीहरूको मुनाफा वृद्धि भएको देखिएको छ। कर्जाको ब्याजदर घटेपछि कम्पनीहरूको ब्याज खर्च कम हुनु नाफामा सहयोगी बनेको विश्लेषण गरिएको छ।

प्रतिसेयर आम्दानीमा पनि सर्वोत्तम सिमेन्ट अगाडि देखिएको छ। यसको प्रति शेयर आम्दानी २० रुपैयाँ १९ पैसा छ भने प्रतिसेयर नेटवर्थ २०२ रुपैयाँ पुगेको छ, जुन चार कम्पनीहरूमध्ये सबैभन्दा धेरै हो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?