National life

प्रशस्त तरलता बढेसँगै आज १७ अर्बको ट्रेजरी बिल नवीकरण गरिँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ पुस २०८१, सोमबार
705Shares
प्रशस्त तरलता बढेसँगै आज १७ अर्बको ट्रेजरी बिल नवीकरण गरिँदै
ncell

काठमाडौँ । आज (सोमबार) सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १७ अर्ब ११ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोलमार्फत नवीकरण गर्ने भएको छ ।

पछिल्लो समयमा बैंकहरुमा प्रशस्त तरलता बढेको कारण ट्रेजरी बिलमा मागभन्दा धेरै आवेदन पर्ने गरेको छ। जसले गर्दा डिस्काउन्ट रेटमा समेत गिरावट आएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सोमबार ९१ दिन अवधिको १५ अर्ब ११ करोड २५ लाख रुपैयाँ बराबरको तथा २ अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल गर्न लागेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म अनलाइन माध्यमबाट बोलकबोलमा सहभागी हुन सकिनेछ । आजै बोलकबोल हुने ट्रेजरी बिल मंगलबार निष्कासन हुने कार्यालयले जनाएको  उल्लेख गरेको छ । बैंक वित्तीय संस्थामा लगानी योग्य पुँजी पर्याप्त भएपछि ट्रेजरी बिलको ब्याजदरमा समेत गिरावट आएको हो ।

गत पुस १ गते सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ५ अर्बको नयाँ तथा ११ अर्ब ३३ करोडको नवीकरणका लागि गरेर कुल १६ अर्ब ३३ करोड रुपैयाँको ट्रेजरी बिल बोलकबोलका लागि आवेदन माग गरेको थियो । जसमा ६६ अर्ब ८४ करोड रुपैयाँको आवेदन परेको थियो ।

कर्जा लगानी गर्न नसक्दा सरकारले आन्तरिक ऋण उठाउन जारी गरेको १ वर्ष अवधिको ट्रेजरी बिल खरिद गर्न पनि बैंकहरुबीच उच्च प्रतिस्पर्धा हुने गरेको छ । ट्रेजरी बिलको डिस्काउन्ट रेट ३ प्रतिशत भन्दा पनि तल झरेपछि प्रतिस्पर्धा झनै बढेको देखिन्छ अहिले बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम पर्याप्त छ ।

यो समाचार शेयर गर्नुहोस्
705SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?