काठमाडौं। अर्थमन्त्री डा.प्रकाशशरण महतले चालु आर्थिक वर्षको बजेट प्रभावकारी कार्यान्वयनमा लाग्न सचिवहरुलाई निर्देशन दिएका छन् । आर्थिक वर्षको डे वानदेखिनै योजना बनाएर लाग्न प्रेरित गर्दै अर्थमन्त्री डा। महतले साउन १५ देखि नै समय तालिका बनाएर लाग्न र कात्तिकभित्र आयोजनाको ठेक्का लगाइसक्न सबै मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका हुन् ।
छलफलमा मन्त्री डा.महतले डीपीआर भइसकेका आयोजनाको मात्रै ठेक्का प्रक्रियामा जाने गरी काम गर्न समेत सचिवलाई निर्देशन दिएका छन् । 'डिपिआरको मात्र बजेट माग्ने अथवा प्राथमिकताको आयोजना हो यस्तो आयोजनाको डीपीआर गरेर कार्तिकसम्म ठेक्का लगाउन सकिन्छुु, उनले भने, ‘यस्तो आयोजना हेरी कार्तिकभित्र ठेक्का लगाउनुस् ।’
कतिपय दायित्व सिर्जना भए पनि सरकारले तिर्न नसकेको बताउँदै डा।महतले तर ठेक्का लागिसकेको आयोजनाको ठेकेदारले दिएको बिल एक महिनाभित्र अर्थ मन्त्रालयमा पठाउन समेत आग्रह गरे ।
मन्त्री डा.महतले धेरै ठूलो आवश्यकताको बीचमा सीमित स्रोतमा काम गर्दैछौं भन्ने बुझेर अघि बढ्न समेत आग्रह गरे ।


































