काठमाडौं । भगवती र चिलिमे हाइड्रोपावरले आफ्ना सेयरधनीलाई नगद लाभांश खातामा पठाएका छन्।
यी दुुबै हाइड्रोपावरले हितग्राही खातामा बैंक खाता अपडेट गरेका सेयरधनीको नगद लाभांश जम्मा गरेका हुन् ।
यी कम्पनीले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अद्यावधिक नगरेका सेयरधनीलाई तुरुन्त अद्यावधिक गर्न आग्रह समेत गरेका छन् । डिम्याट खाता अद्यावधिक नभएकाहरुको प्रक्रिया सकिएपछि मात्रै खातामा नगद लाभांश आउनेछ।
चिलिमेको पुस २० गते सम्पन्न सभाले गत वर्षको नाफाबाट ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । त्यसैगरी, भगवतीको पुस २४ गते सम्पन्न सभाले कर सहित १०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

































