काठमाडौं । हाल धितो पत्र बोर्डको अध्यक्ष पदको जिम्मेवारी समालिरहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रमुख समेत रहेका महेश बराल स्वार्थ समूहकै ई सरामा चलेको आशङ्का देखिएको छ।
नेपाल धितोपत्र बोर्डको तदर्थ अध्यक्षको जिम्मेवारीमा रहेका भन्सारका सहसचिव बराल स्वार्थ समूहकै बल जोडमा बोर्डको अध्यक्ष बनेको आरोप लागेको छ । बरालले सोही आरोपलाई पुष्टि हुने गरी आफ्नो पहिलो महत्त्वपूर्ण निर्णय नै स्वार्थ समूहले गराउन सक्ने सम्भावना चुलिएको छ ।
हिमालयन रि इन्स्योरेन्स कम्पनीको सहायक कम्पनी हिमालयन सेक्युरिटिज मर्चेन्ट बैंकलाई लाइसेन्स दिनको लागि बरालले गृहकार्य गरेको चर्चा बाहिरिएको छ ।
हिमालयन स्टक एक्सचेञ्जको लाइसेन्स लिने प्रयास गरिरहेको छ । सोही समूहको सेटिङमा सहसचिव बरालले धितो पत्र बोर्डको तदर्थ नेतृत्व हात पारेको उनीमाथि आरोप लाग्दै आएको छ । बरालले पनि सो आरोपलाई पुष्टि हुने गरी सोही समूहको कम्पनीलाई फास्ट ट्र्याकमा लाइसेन्स दिन लागेका बुझिएको छ ।
धितोपत्र बोर्डले तत्कालका लागि प्रक्रियामा रहेका हकप्रद सेयर तथा डिभेञ्चरहरु स्वीकृत गर्नु पर्ने वर्तमान आवश्यकता हो। तर पनि अध्यक्ष बराल स्वार्थ समूह कै लागि मात्र काम गरे भने उनी पनि यस अघिका अन्य कर्मचारी जस्तै विवादित हुन् सक्ने धेरैको आकलन छ ।
कम्पनी रजिस्ट्रारको कार्यालयमा हुँदा पनि बरालले शंकर ग्रुप र दिपक भट्टहरुलाई ठूलो ‘गुन’ लगाएको चर्च सेलाएको छैन। संसद्को सार्वजनिक लेखा समितिले बोर्डलाई रणनीतिक महत्त्वका निर्णयहरू नगर्न निर्देशन दिएको थियो । बोर्डको तदर्थ नेतृत्वमा आए लगत्तै स्वार्थ समूहहरूको हितमा धमाधम निर्णय गर्न थालेको विषयले बोर्डमा तरङ्ग मच्चिएको एक स्रोतको दाबी छ ।

































