National life
cg eloctronics

भारतमाथि अमेरिकाको ५० प्रतिशत ट्यारिफ आजदेखि लागू

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ भदौ २०८२, बुधबार
1.2kShares
भारतमाथि अमेरिकाको ५० प्रतिशत ट्यारिफ आजदेखि लागू
ncell

काठमाडौँ । अमेरिकाले भारतमाथि लगाउने घोषणा गरेको ५० प्रतिशत ट्यारिफ आज (अगष्ट २७) देखि लागू भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रुसबाट तेल खरिद गरेर युक्रेन युद्धलाई परोक्ष सहयोग गरिरहेको भन्दै यस्तो कदम चालेका हुन्। उनले यसबापत थप २५ प्रतिशत करसमेत घोषणा गरेका छन्।

भारतले भने ट्रम्पको निर्णयलाई आधारहीन ठहर गरेको छ। भारतको भनाइमा अमेरिका स्वयं र धेरै युरोपेली देशहरूले पनि रुससँग व्यापार गर्दै आएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

ट्यारिफ भनेको विदेशबाट ल्याइने सामानमा लगाइने कर हो जसले वस्तुको मूल्य बढाउँछ र माग घटाउन सक्छ। उदाहरणका लागि १० प्रतिशत शुल्कमा १०० रुपैयाँको सामान ११० रुपैयाँमा पर्छ। निर्यातकर्तामाथि नभई आयातकर्तामाथि शुल्क लाग्ने भएकाले यसको भार अन्ततः उपभोक्तामै पर्छ।

गत मे महिनामा अमेरिकी व्यापार अदालतले ट्रम्पलाई यस्ता उच्च कर लगाउने अधिकार नभएको भन्दै फैसला सुनाएको थियो। तर पुनरावेदन अदालतले अन्तिम निर्णय नआएसम्म शुल्क लागू रहन सक्ने आदेश दिएको छ।

ट्रम्पका अनुसार आयातमा उच्च कर लगाउँदा अमेरिकी उपभोक्ताहरू आफ्नै देशमा बनेका सामान बढी प्रयोग गर्न थालेका छन्। यसले अमेरिकी उत्पादन र लगानीलाई प्रोत्साहन गर्ने उनको दाबी छ।

ट्रम्पले विभिन्न मुलुकबाट आयात हुने वस्तु र विशेष सामानमा फरक-फरक दरका शुल्क घोषणा गरेका छन्। उनले व्यापार घाटा कम गर्ने लक्ष्य लिएको बताएका छन्।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?