काठमाडौँ। मातृभूमि लघुवित्त वित्तीय संस्थाले सार्वजनिक गरेको गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले ७ करोड ९४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।
उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३० करोड ९९ लाख रुपैयाँ रहेको छ भने खुद फी तथा कमिशन आम्दानी ७० लाख १६ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तको कुल सञ्चालन आम्दानी ३६ करोड ८० लाख रुपैयाँ र सञ्चालन मुनाफा ११ करोड ४६ लाख रुपैयाँ रहेको छ।
असार मसान्तसम्ममा लघुवित्तले १० करोड ५८ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ।
गत आर्थिक वर्षमा लघुवित्तको इम्पेरमेन्ट चार्ज ४ करोड २० लाख रुपैयाँ रिभर्स भएको छ । यद्यपि, लघुवित्तको निष्क्रिय कर्जा भने ९.८५ प्रतिशत रहेको छ । मर्जरपश्चात् ६२ करोड ८३ लाख रुपैयाँ चुक्ता पुँजी पुर्याएको यस लघुवित्तको रिटेन्ड अर्निङ्ग १० करोड ५८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष ६३ करोड २४ लाख रुपैयाँ रहेको छ ।


































