National life

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम ६५ प्रतिशत पुरा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० असार २०८१, सोमबार
1.3kShares
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम ६५ प्रतिशत पुरा
ncell

काठमाडौँ । निर्माणाधीन माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको निर्माण कार्य तीव्र रूपमा अगाडि बढेको छ । आमा छोदिङ्मो र उत्तरगया गाउँपालिकाको आधार इलाकाभित्र निर्माण भइरहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना जिल्लाकै सबैभन्दा ठूलो आयोजना हो।

यो दुई सय १६ मेगावाट क्षमताको छ । सो जलविद्युत् आयोजनाको भौतिक प्रगति ३५ प्रतिशत पुगेको आयोजनाले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सन् २०१९ देखि निर्माण सुरु भएको सो जल विद्युत् आयोजनाको सुरूङ खन्ने काम ६५ प्रतिशत सकिएको निर्माण कम्पनीले जनाएको छ ।  आयोजनाको पावर हावस तथा ट्रान्सफर्मर राख्ने स्थलको भूमिगत संरचना, चार सय २० मिटर ‘हेडरेस’ सुरुङलगायतका काम ६५ प्रतिशत पूरा भएको छ ।

धुञ्चेको त्रिशूली दोभान तथा भोटेकोशी सङ्गम स्थलमा बाँध बाँधी छ मिटर गोलाइको नौ हजार चार सय ९१ मिटर ‘हेडरेस’ सुरुङको सहायताबाट त्रिशूली नदीको ७६ क्युसेक पानी मैलुङ दोभानमा पुर्‍याई तीन वटा टर्वाइनबाट दुई सय १६ मेगावाट  विद्युत् उत्पादन गरिने छ । सन् २०२६ को डिसेम्बरभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको जलविद्युत् आयोजनाका सहायक प्रबन्धक विप्लव खड्काको भनाई छ ।

आयोजना निर्माण सम्पन्न गर्न करिब ७० देखि ८० अर्ब लागत लाग्ने र निर्माण सम्पन्न भएको ३० वर्ष पछि स्वतः नेपाल सरकारको हुने आयोजनाले जनाएको छ । राजधानी काठमाडौँबाट तीन घण्टाको दूरी उत्तरमा रहेको आयोजनास्थल बेत्रावती– स्याफ्रुबेँसी राजमार्गसँगै रहेका कारण निर्माण सामग्रीलगायत उपकरण ढुवानीमा सहज भएको आयोजनाले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?