काठमाण्डौं । चाडपर्वमा ग्राहकहरुलाई बैंकिङ सेवाको सुविधा दिन र वित्तीय आवश्यकता पुरा गर्नका लागि दशैंको बिदामा समेत कतिपय बैंकहरुले आफ्ना केहि सिमीत शाखा कार्यालय खुला गर्ने भएका छन् ।
बैंकहरुले काठमाण्डौं उपत्यका र बाहिरका केही निश्चित समयका लागि आफ्ना शाखा कार्यालयहरु खुला राख्ने भएका हुन् । जसले आज फूलपातीको दिनदेखी असोज २८ गते द्वादशीको सदिनसम्मै सेवा दिने भएका छन् ।
कुनकुन बैंकका कुन कुन शाखा हुन्छन् त खुला?
राष्ट्रिय वाणिज्य बैंकले असोज २४ गते र असोज २५ गते शाखा कार्यालय खुला राख्ने जनाएको छ ।
बैंकले कोशी प्रदेशको महेन्द्रचोक, मधेशमा पिडारीचोक, बागमतीमा दरबारमार्ग, गण्डकीमा हरिचोक, लुम्बिनीमा मणिग्राम, कर्णालीमा वीरेन्द्रनगर र सुदूरपश्चिममा क्याम्पसरोड शाखाबाट बैंकिङ सेवा दिने जनाएको छ ।
प्रभु बैंकले काठमाण्डो उपत्यकाभित्र बबरमहल,कमलादी,ललितपुर(जावलाखेल)र भक्तपुर र उपत्यका बाहिरका विराटनगर,इटहरी,जनकपुर,विरगञ्ज,पोखरा,नेपालगंज,भैरहवा र धनगढीका शाखा कार्यालयहरु खुला राख्ने निर्णय गरेको छ ।
ग्लोबल आइएमई बैंकले दशैंको टिकाको दिनबाहेकको बिदाको दिनमा बिहान १० बजेदेखि १ बजेसम्म सेवा दिनेछ । बैंकको शी प्रदेशका झुम्का, धुलाबारी, बुद्धबारे, काँकडभिट्टा, विराटचोक, ट्राफिक चोक, कञ्चनबारी, धरान, इनरुवा, चाराली, दमक, तीनपैनी, इटहरी, गाइघाट, विराटनगर, बिर्तामोड, धुलाबारी शाखा, मधेश प्रदेशका जनकपुर, जनकपुर स्टेशन, वीरगन्ज, चन्द्रपुर, राजविराज, रुपानी, लहान, गोलबजार, गौर, लालबन्दी शाखा खुला रहेनछन् ।
यस्तै बागमती प्रदेशका कान्तिपथ, कुलेश्वर क्षेत्रपाटी, डिल्लीबजार, त्रिपुरेश्वर, अनामनगर, शंखमुल, कमलादी, चाबहिल चोक, नक्साल, गोङ्गबु, सिनामंगल, बालाजु चोक, ज्ञानेश्वर, तिनकुने, लगनखेल, सातदोबाटो, काँडाघारी, बनेपा, इताछे, नारायणगढ, टाँडी, बेलचोक हेटौँडा, बैंक रोड, न्यूरोड, धापासी, ठमेल, मध्यबानेश्वर, पानीपोखरी, कोटेश्वर, कलङ्की, जावलाखेल, भरतपुर, सूर्यविनायक, सानो गौचरण, हात्तीगौँडा, कुपोण्डल, सुकेधारा, शहिदचोक, पर्सा शाखा खुला रहने बैंकले जनाएको छ ।
गण्डकी प्रदेशका न्यूरोड, पोखरा, सभागृह चोक, बेगनास, चिप्लेढुङ्गा, लेखनाथ, लेकसाइड पोखरा, बुढीबजार कास्की, बिरौटा, पामे, बगर, पावरहाउस, बेसीशहर, कावासोती, दमौली, बाग्लुङ, अमरसिंहचोक शाखा, कार्यालय खुला रहने बैंकले जनाएको छ ।
सानिमा बैंकले असोज २४ गते २९ वटा शाखा, असोज २५ गतेका दिन नक्साल शाखा, असोज २७ गतेका दिन २५ वटा शाखा र असोज २८ गतेका दिन ३० वटा शाखाबाट सेवा दिनेछ ।
कृषि विकास बैंकले असोज २४ गते फूलपाती, असोज २५ गते महाअष्टमी तथा महानवमी र असोज २८ गते द्वादशीका दिन पनि सेवा दिने भएको हो ।
प्राइम बैंकको कोशी प्रदेशमा कन्चनबारी, धरान, काकरभिट्टा, इटहरी, हनुमानदास रोड, दमक, पकालि ट्राफिक चोक, पुस्पलाल चोक बिर्तामोड शाखा, मधेश प्रदेशको जनकपुर, वीरगञ्ज शाखा कार्यालय खुला रहनेछन् । यस्तै, बागमती प्रदेशमा न्यूरोड, चावहिल, मंगलबजार, च्यामासिंह, हेटौंडा, न्याँ बानेश्वर, सामाखुशी, पुल्चोक, गठ्ठाघर, नारायणगढ, न्यूप्लाजा, कालिमाटी, ग्वार्को ललितपुर, ठिमी, सोह्रखुट्टे, कलंकी, पाटन, भक्तपुर र भरतपुर शाखा खुला हुने बैंकले जनाएको छ ।
गण्डकी प्रदेशमा पृथ्वीचोक, बीपी चोक, न्यूरोड पोखरा, पाटनचोक शाखा, लुम्बिनी प्रदेशका नेपालगञ्ज, भैरहवा, पाल्पारोड बुटवल, चौरहा बुटवल शाखा, कर्णाली प्रदेशका लेकबेशी, छिन्चु, वीरेन्द्रनगर शाखा, सुदूरपश्चिम प्रदेशका धनगढी, लम्कि, अत्तरिया, चौराहा धनगढी शाखा खुला रहने बैंकले जनाएको छ । दशैं बिदामा बिहान ११ बजेदेखि २ बजेसम्म बैंकिङ सेवा दिने बताइएको छ ।
बैंकले बैंकिङ्ग सहजताको लागि नगद जम्मा र चेक भुक्तानी लगायतका अति आवश्यक कारोबारहरु गर्न मात्र खुला गर्ने जनाएको छ । असोज २४ गते कोशी प्रदेशको इटहरी, विराटनगर (हनुमान दास रोड), दुहवी, विर्तामोड, सुरुङ्गा, असोज २५ गते विराटनगर असोज २७ गते इनरुवा, काकरभिट्टा, धरान, दमक र असोज २८ गते विराटनगर (पुष्पलाल चोक(, झुम्का शाखा कार्यालय खुला रहनेछन् ।
यस्तै असोज मधेश प्रदेशअन्तर्गत असोज २४ गते वीरगंज असोज २५ गते जनकपुर (भानु चोक),असोज २७ गते वीरगंज (लिङ्क रोड) असोज २७ गते जनकपुर (भानु चोक( र असोज २८ गते विरगञ्ज(विराटनगर(शाखा कार्यालय खुला रहनेछ ।
बागमती प्रदेश (उपत्यका भित्र) हात्तीसार, गैह्रीधारा, भक्तपुर, पुल्चोक सामाखुशी, कालिमाटी हात्तीसार, गैह्रीधारा, पुल्चोक, सुकेधारा, तिनकुने हात्तीसार, गैह्रीधारा, पुल्चोक, पुरानो बानेश्वर, खुशिबु हात्तीसार, गैह्रीधारा, पुल्चोक, भक्तपुर (सल्लाघारी), बौद्ध ,बागमती प्रदेश (उपत्यका बाहिर) नारायणघाट (लायन्स चोक) नारायणघाट (लायन्स चोक) लहान वीरगंज (आदर्शनगर) , गण्डकी प्रदेशअन्तर्गत पोखरा (न्यूरोड) गण्डकी प्रदेश अन्तर्गत्र पोखरा औद्योगिक क्षेत्र, दमौली पोखरा (अमरसिंह), रजहर पोखरा (चिप्लेढुङ्गा), सुन्दरबजार वालिङ बाग्लुङ र कर्णाली प्रदेशअन्तर्गत मुसिकोट विरेन्द्रनगर श्रीनगर र छिन्चु शाखा कार्यालय सञ्चालन हुनेछ ।
यस्तै लुम्बिनी प्रदेशको कोहलपुर, सुनवल भैरहवा, रामपुर, नेपालगंज ९कारकाँदो चोक० तौलीहवा, घोराही तुल्सीपुर, बुटवल (मिलन चोक), सुदुर पश्चिम प्रदेशको महेन्द्रनगर धनगढी (एलएन चोक) सुख्खड धनगढी (शहिदगेट) महेन्द्रनगर शाखा कार्यालयहरु खुला रहनेछन् ।
हिमालयन बैंकले कोशी प्रदेशका धरान १, विराटनगर १, दमक १, रोडशेष, विराटनगर, बिर्तामोड र इटहरी शाखाबाट सेवा दिनेछ । यस्तै, मधेश प्रदेशका वीरगञ्ज १, पडारी चौक, जनकपुर, बाइपास रोड, वीरगञ्ज शाखा, बागमती प्रदेशका हिटी दरबार, पाटन, न्यूरोड, टेकु, महाराजगञ्ज, कौशलटार, भरतपुर र बनेपा शाखा, गण्डकी प्रदेशका न्यूरोड, पोखर शाखा, लुम्बिनी प्रदेशका भैरहवा, बुटवल, नेपालगञ्ज, घोराही र सुदूरपश्चिम प्रदेशको धनगढी १ शाखा खुला रहनेछन् ।
बैंकले विराटनगर, हात्तीसार, धरान, कुमारीपाटि, इटहरी, सूर्यविनायक, बिर्तामोड, गंगबु दमक, बौद्ध, बेलटार, स्वयम्भू,इलाम,वीरगंज, न्युरोड तिनकुने, जनकपुर, नारायणघाट, बर्दिबास,मधेश बागमती (उपत्यका बाहिर) सिन्धुली, लहान मिर्चेया, हेटौडा,पोखरा, गण्डकी कलैया, कावासोती, जनकपुर मालपोत, लुम्बिनी लालबन्दी, बुटवल, सिमरा, कर्णाली, सुर्खेत, धनगढि, सुदूरपश्चिम, महेन्द्रनगर र टिकापुर शाखा कार्यालय खुला रहनेछ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंक
बैंकले असोज २४ गते बौद्ध, बुटवल, वीरगञ्ज, नारायणघाट, नेपालगन्ज, पोखरा, असोज २५ गते नयाँ बानेश्वर, बिराटनगर, धरान शाखा, असोज २७ गते न्यूरोड काठमाण्डौ र पोखरा शाखा र असोज २८ गते ललितपुर, विराटनगर र पोखरा शाखा खुला राख्नेछ ।
बैंकले दशैं बिदामा असोज २५ गते शाखा कार्यालय खुला राख्ने भएको छ । उक्त दिन बैंकको बागमती प्रदेशका लगनखेल, न्यूरोड र बालाजु शाखा खुला रहनेछ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
बैंकले दशैंमा ६५ वटा शाखा कार्यालय खुला राख्ने छ ।
दशैं बिदामा एनआईसी एशिया बैंकको नगद काउन्टर सञ्चालन रहने छ । बैंकको कोशी प्रदेशका विराटनगर, विर्तामोड, दमक शाखा, मधेश प्रदेशका वीरगञ्ज, जनकपुर शाखा, बागमती प्रदेशका भक्तपुर, पुल्चोक, कमलादी, न्युरोड, थानकोट, नारायणगढ खुला रहने छ ।
यस्तै, गण्डकी प्रदेशका महेन्द्रपुल पोखरा शाखा, लुम्बिनी प्रदेशका बुटवल, नेपालगञ्ज शाखा, कर्णालीका सुर्खेत शाखा र सुदूरपश्चिमको धनगढी चौराहा शाखा खुला रहनेछन् । न्यूरोड खिचापोखरी शाखा २ बजेदेखि ५ बजेसम्म खुला हुनेछ भने अन्य शाखा बिहान ११ बजेदेखि २ बजेसम्म खुला रहने बैंकले जनाएको छ ।
माछापुच्छ्रे बैंकले पनि आफ्ना विभिन्न शाखा कार्यालय खुला राख्ने भएको छ । बिर्तामोड,चाबहिल दरबारमार्ग,बनेपा,पेप्सिकोला,नारायणगढ,हेटौडा, नयाँ बजार पोखरा,दमौली,भेरहवा,बर्दघाट,पाल्पा,नेपालगंज र धनगढी शाखा कार्यालयहरु खुला राख्ने जनाएको छ । यस्तै विराटनगर,इटहरी,कञ्चनपुर,विरगञ्ज,खुसिबु,ठिमी,न्यूरोड।पोखरा लुम्बिनी,परासी र मनिग्राम, राजविराज, जनकपुर, बत्तिसपुतली, बुढानिलकण्ढ,बुटवल र राजपुर शाखा कार्यालय खुला रहनेछन् ।
यस्तै सिराहा, आदर्शनगर,ठमेल,पाटन,अमरसिंह,भैरहवा,अत्तरिया र न्पालगंज शाखा कार्यालयहरु खुला रहनेछन् ।