National life

‘लक इक अवधि’ सकिनु भन्दा महिना दिन अघि नै सूचना दिन बोर्डको निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ मंसिर २०८०, सोमबार
510Shares
‘लक इक अवधि’ सकिनु भन्दा महिना दिन अघि नै सूचना दिन बोर्डको निर्देशन
ncell

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सम्बन्धित निकायलाई लक इन अवधि सकिनु भन्दा एक महिना अघि नै अनिवार्य रुपमा वेवसाइटमा सूचना दिन निर्देशन दिएको छ ।

बोर्डले सूचीकृत संगठित संस्थाबाट लक इन अवधि समाप्त सम्बन्धी सूचना तथा जानकारी प्राप्त भएपश्चात् नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएसीले सो सम्बन्धी सूचना तथा जानकारी कम्तीमा जारी भएको मितिदेखि लक इन अवधी समाप्त भए पछिको एक हप्तासम्म सबैले सहजै देख्न सक्नेगरी वेवसाइटमा राख्नका लागी निर्देशन दिएको हो ।

नेप्सेमा सूचीकृत संगठित संस्थाको संस्थापक तथा अन्य समूहको शेयरको लक इन अवधि सम्बन्धी व्यवस्था रहेकोमा उक्त व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न, सर्वसाधारण लगानीकर्ताहरुलाई समेत सो सम्बन्धमा जानकारी प्राप्त हुने व्यवस्था गर्न निर्देशन दिएको छ ।

धितोपत्र बजारमा हुने कारोबारलाई थप व्यवस्थित तथा पारदर्शी बनाउन आवश्यक देखिएकोले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८७ बमोजिम नेप्से, सिडिएससी र सम्पूर्ण सूचीकृत संगठित संस्थाहरुलाई यस्तो निर्देशन दिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सम्पूर्ण सूचीकृत संगठित संस्थाले संस्थापक समूह तथा अन्य समूहको शेयरको बिक्री गर्न नपाईने गरी तोकिएको लक इन अवधि समाप्त हुनुभन्दा कम्तीमा ३० दिन अगाडि लगानीकर्ता एवं सम्बन्धित सबै सरोकारवालालाई जानकारी गराउन शेयर लक इनमा रहेको वर्गलाई निर्देशन दिएको हो ।

त्यसको जानकारी बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लि. र सिडिएस एण्ड क्लियरिङ्गलाई उपलब्ध गराउनुपर्ने साथै सो सम्बन्धी सूचना तथा जानकारी कम्तीमा जारी भएको मितिदेखि लक इन अवधी समाप्त भए पछिको एक हप्तासम्म सबैले सहजै देख्न सक्नेगरी सम्बन्धित संस्थाले आफ्नो वेवसाईटमा समेत राख्नु पर्ने छ।

यो समाचार शेयर गर्नुहोस्
510SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?