National life

लाभांश वितरण गर्ने प्रस्ताव सहित प्रभु इन्सुरेन्सले बोलायो साधारण सभा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ वैशाख २०८१, बुधबार
669Shares
लाभांश वितरण गर्ने प्रस्ताव सहित प्रभु इन्सुरेन्सले बोलायो साधारण सभा
ncell

काठमाडौं । प्रभु इन्सुरेन्सले वैशाख २० गते वार्षिक साधारण सभा बोलाएको छ।

कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन हुनेछ।

यस्तै, सभामा चुक्ता पुँजी २ अर्ब ५० करोड पुर्याउन हकप्रद सेयर निष्काशन गर्ने वा अन्य विकल्प भए सोही बमोजिम कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ ।

सभा, प्रभु इन्सुरेन्सको केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्स, तीनकुने काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । साधारण सभा प्रयोजनका लागि वैशाख ७ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, वैशाख ६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन्।

यो समाचार शेयर गर्नुहोस्
669SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?