काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युतीय सवारीलाई प्रवर्धन गर्ने नीति लिँदा राजस्व घटेको बताएका छन् । शुक्रबार अर्थसमितिको बैठकमा उनले यस्ताे बताएका हुन् ।
अर्थमन्त्री महतले इन्धनबाट चल्ने सवारीभन्दा विद्युतीय गाडीमा कम कर लाग्ने र पछिल्लो समय विद्युतीय सवारीको आयात बढेकाले राजस्व बढ्न नसकेको बताए ।
उनले गत आर्थिक वर्षमा सोचेजस्तो आर्थिक वृद्धि हुन नसकेको बताए । उनले चालु आव सुरु भएयता अर्थतन्त्रमा केही ठोस सुधारको आधार सृजना भएकाे दाबी गरे ।
गत आवको असोजको तुलनामा ९.३ प्रतिशतले राजस्व बढेको महतले बताए । चुनौतिका बाबजुत पनि राजस्व बढेको उनको दाबी छ । कतिपय कर घटेको र कतिपय प्रभावकारी रुपमा कार्यान्वयन गर्न नसकिएको अर्थमन्त्री महतले बताए ।
नेपालमा सामाजिक सञ्जालबाट कर उठाउन नसकेको भन्दै अब दर्ता गराएर करको दायरामा ल्याउन बाँकि रहेको बताए ।


































