National life

विद्युत् खपतमा तीन गुणाले वृद्धि, प्राधिकरणले कुन आर्थिक वर्षमा कति आर्जन गर्‍यो ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० भदौ २०८१, सोमबार
637Shares
विद्युत् खपतमा तीन गुणाले वृद्धि, प्राधिकरणले कुन आर्थिक वर्षमा कति आर्जन गर्‍यो ?
ncell

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले देशमा लोडसेडिङ अन्त्य भई नियमित रूपमा विद्युत् आपूर्ति हुन थालेपछि विद्युत् खपत तीन गुणा बढेको एक विवरण सार्वजनिक गरेको छ।

प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार ऊर्जा खपत आव २०८०/८१ मा १० अर्ब २ करोड युनिट पुगेको छ।  आर्थिक वर्ष २०७२/७३ मा भएको ३ अर्ब ७२ करोड युनिट ऊर्जा खपतको अवधिलाई जोडेर आठ वर्षको अवधिमा देशभित्रको विद्युत् खपत ६ अर्ब ५१ करोड युनिट वृद्धि भएको छ । त्यस अगाडिको विद्युत् खपत वृद्धिदर ऋणात्मक रहेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गत आवमा सबैभन्दा बढी गार्हस्थतर्फ ४ अर्ब ३१ करोड र औद्योगिक ग्राहकतर्फ ३ अर्ब ६९ करोड युनिट विद्युत् खपत भएको प्रस्तुत तथ्यांकमा उल्लेख छ।  आर्थिक वर्ष २०७२/७३ अघि १३१ युनिट रहेको प्रतिव्यक्ति ऊर्जा खपत गत आवसम्म आइपुग्दा ४०० युनिट पुगेको छ। २०७५ वैशाखबाट सिङ्गो मुलुक लोडसेडिङमुक्त घोषणा गरिएको थियो। ८ वर्षअघि ५८ प्रतिशत घरपरिवारमा मात्र विद्युत् पुगेको थियो। अहिले ९९ प्रतिशतमा विद्युत् पुगेको छ।

विद्युतको पहुँच पुगेका घरपरिवारमध्ये ९७ प्रतिशत राष्ट्रिय ग्रिडबाट र २  प्रतिशतले ग्रिडभन्दा बाहिर रहेका लघु जलविद्युत, सौर्य ऊर्जालगायतबाट विद्युत् उपभोग गरिरहेका छन्। आव वर्षअघि विद्युत्का ग्राहक करिब ३० लाख रहेकामा हाल सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको छ।

आव २०७२/७३मा ३ अर्ब ७२ करोड युनिट रहेको विद्युत् खपत आव २०७३/७४ मा २८.४७ बिन्दुले बढी ४ अर्ब ७७ करोड युनिट पुगेको थियो। आव २०७४/७५ मा विद्युत् खपत ५ अर्ब ५६ करोड, २०७५/७६ मा ६ अर्ब ३० करोड युनिट, २०७६/७७ मा ६ अर्ब ४२ करोड, २०७७-०७८मा ७ अर्ब २८ करोड युनिट भएको थियो। नेपाल विद्युत् प्राधिकरणले ऊर्जा खपतको अवस्थालाई बर्सेनि बढाउँदै लगेको हो ।

यसै गरी २०७८/७९ मा ८ अर्ब ८४ करोड, २०७९/८० मा ९ अर्ब ३५ करोड र २०८०/८१ मा १० अर्ब २ करोड युनिट विद्युत् खपत भएको थियो। आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा विद्युत् खपत करिब १० प्रतिशतले बढेको हो। वर्षा यामका ६ महिना विद्युत् भारतर्फ निर्यात गर्ने अवस्था बने पनि हिउँदमा नदी प्रवाही जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घटेर केही महिना देशभित्रको माग धान्न विद्युत् आयात गर्नुपर्ने अवस्था छ।

तर, प्रणालीमा आयात गरिएको ऊर्जा परिमाण भने घट्दै गएको छ। गत आवमा प्रणालीमा आयातित ऊर्जाको हिस्सा १४.६८ प्रतिशत रहेको छ, जुन अघिल्लो आवको तुलनामा ८.५७ प्रतिशत बिन्दुले कम हो। विद्युत् निर्यात ४४ प्रतिशत बिन्दुले वृद्धि भएको छ। गत आवमा भारतबाट १ अर्ब ९० करोड युनिट अर्थात् १६ अर्ब ९३ करोड रुपैयाँ बराबरको विद्युत् आयात गरिएको थियो। तर, यही अवधिमा १ अर्ब ९५ करोड युनिट विद्युत् भारतर्फ निर्यात गरी १७ अर्ब ६ करोड रुपैयाँ आम्दानी भएको थियो।

‘ठुला तथा साना उद्योगहरूले निरन्तर विद्युत् आपूर्ति पाइरहेका छन्, यस अवधिमा उद्योगको धेरै लोड स्वीकृत गरिएको छ। खाना पकाउनलगायत घरायसी प्रयोजनमा विद्युतीय उपकरणको प्रयोग बढेको छ। निजी तथा सार्वजनिक यातायातमा विद्युतीय सवारी साधनको प्रयोग बढिरहेको छ। विद्युतीय व्यापक रूपमा गरिएको छ, जसका कारण आन्तरिक रूपमा विद्युत्को खपत बढिरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङका अनुसार हरेक वर्ष विद्युत् माग बढेसँगै विद्युत् आपूर्तिमा चुनौती थपिँदै गएको हो ।

यो समाचार शेयर गर्नुहोस्
637SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?