National life

वीरगञ्ज नाकाबाट १० महिनामा ८८ अर्बभन्दा बढीको निर्यात

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|०९ जेठ २०८३, शनिबार
2.4kShares
वीरगञ्ज नाकाबाट १० महिनामा ८८ अर्बभन्दा बढीको निर्यात
ncell

वीरगञ्ज । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो १० महिनामा वीरगञ्ज भन्सार नाकामार्फत ८८ अर्ब २२ करोड रुपैयाँभन्दा बढी मूल्यका नेपाली उत्पादन भारत तथा तेस्रो मुलुकमा निर्यात भएका छन्।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष निर्यातमा करिब ६ प्रतिशत वृद्धि भएको हो। अघिल्लो आर्थिक वर्षको साउनदेखि बैशाखसम्म ८३ अर्ब २५ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

वीरगञ्ज नाकाबाट भारतसहित अमेरिका, चीन, अस्ट्रेलिया, डेनमार्क, रुस, थाइल्यान्ड र फिलिपिन्सलगायत मुलुकमा नेपाली उत्पादन निर्यात भइरहेको भन्सार कार्यालयले जनाएको छ। प्रशोधित तेल, जुस, कपडा, जुत्ता, फलामजन्य सामग्री तथा जडीबुटी मुख्य निर्यात सामग्रीका रूपमा रहेका छन्।

यस अवधिमा सबैभन्दा धेरै निर्यात भएको वस्तु भटमासको प्रशोधित तेल रहेको छ। १० महिनामा मात्रै ४८ अर्ब ११ करोड रुपैयाँ बराबरको सो तेल भारत निर्यात गरिएको तथ्यांकमा उल्लेख छ।

त्यस्तै, ६ अर्ब ४२ करोड रुपैयाँ बराबरको फलफूलको जुस तथा जाम, ५ अर्ब ३५ करोड रुपैयाँको सूर्यमुखी प्रशोधित तेल र १ अर्ब ४ करोड रुपैयाँ बराबरको प्रशोधित पाम तेल निर्यात भएको छ।

कपडा निर्यात पनि उल्लेखनीय रहेको छ। १० महिनामा ३ अर्ब ३ करोड रुपैयाँभन्दा बढीका विभिन्न प्रकारका कपडा भारत तथा अन्य मुलुकमा पठाइएको छ। साथै १ अर्ब ९५ करोड रुपैयाँ बराबरका फलाम तथा फलामजन्य सामग्री निर्यात भएका छन्।

यसैगरी, २ अर्ब २५ करोड रुपैयाँको सेन्थेटिक यार्न, १ अर्ब ८२ करोड रुपैयाँ बराबरको पशु आहारका कच्चा पदार्थ, १ अर्ब २५ करोड रुपैयाँको चाउचाउ, नुडल्स र पास्ता तथा १ अर्ब २९ करोड रुपैयाँको कुकुर–बिरालाको खाना निर्यात भएको कार्यालयले जनाएको छ।

वीरगञ्ज नाकाबाट खेलकुद सामग्री, स्पोर्ट्स सुज, दन्तमञ्जन, स्टिलका भाँडाकुँडा, जीआई पाइप, रसायन तथा उनी कार्पेटजस्ता वस्तुहरू समेत भारत र तेस्रो मुलुकतर्फ निर्यात भइरहेको भन्सार कार्यालयले जनाएको छ।








यो समाचार शेयर गर्नुहोस्
2.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?