National life
cg eloctronics

श्रीनगर एग्रोटेकको आईपीओ निष्काशन तथा बिक्री आवेदन खुला

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ भदौ २०८२, बुधबार
1.3kShares
श्रीनगर एग्रोटेकको आईपीओ निष्काशन तथा बिक्री आवेदन खुला
ncell

काठमाडौँ । श्रीनगर एग्रोटेक इण्डष्ट्रिज लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री आवेदन खुला गरेको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि कुल ४ लाख ७३ हजार ६३ कित्ता आईपीओ जारी गरेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत साउन १३ गते ३२ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको प्रति सेयर १०० रुपैयाँ अंकित दरका ३२ लाख ६२ हजार ५ सय कित्ता साधारण सेयर निष्काशन गर्न अनुमति पाएको थियो ।

जसमध्ये जारीपूँजीको १ प्रतिशत अर्थात् १०० रुपैयाँ अंकित दरका १ लाख ६३ हजार १२५ सय कित्ता उद्योग प्रभावित क्षेत्र रुपन्देही र पाल्पा जिल्लाका स्थानीय बासिन्दाका लागि र सर्वसाधारणका लागि छुट्टाइएको ३० लाख ९९ हजार ३७५ कित्ता सेयरमध्येको १० प्रतिशत अर्थात रु। १०० अंकित दरका ३ लाख ९ हजार ९३८ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि जारी गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उद्योग प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले पनि न्यूनतम १० र अधिकतममा १० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन बन्द छिटोमा भदौ २५ गते र ढिलोमा असोज ९ गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका लागि भने आईपीओ निष्कासन बन्द छिटोमा भदौ १५ गते र ढिलोमा भदौ २५ गते बैंकिङ समयपछि हुनेछ ।

उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले नबिल बैंकको तानसेन शाखा, पाल्पा र फरसाटिकार शाखा एनएमबी बैंकको। तानसेन शाखा, पाल्पा र फ्रसाटिकार शाखा र ग्लोबल आइएमई बैंकको तानसेन शाखाबाट आवेदन दिन सक्नेछन्।

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका र आयोजना प्रभावित क्षेत्रका बासिन्दका लागि सेयर जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ जारी गर्नेछ ।

कम्पनीले दोस्रोचरण अन्गगर्त आम सर्वसाधारणका लागि ३० लाख ९९ हजार ३७५ कित्ता सेयर जारी गर्नेछ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?