National life
cg eloctronics

समस्याग्रस्त सहकारीका बचतकर्ताले मन्त्रीकै हातबाट रकम फिर्ता पाउने,कुन कुनले दिँदैछन् ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ कात्तिक २०८१, सोमबार
968Shares
समस्याग्रस्त सहकारीका बचतकर्ताले मन्त्रीकै हातबाट रकम फिर्ता पाउने,कुन कुनले दिँदैछन् ?
muktinatha bikash bank

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त २२ वटा सहकारी मध्ये १५ वटा सहकारीका बचतकर्ताको बचत रकम फिर्ता गर्ने भएको छ ।

कार्यालयले कार्तिक १३ गते मंगलवार दिउँसो ३ बजे समस्याग्रस्त सहकारीको कार्यालय परिसरमै एक कार्यक्रम गर्दै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका मन्त्री बलराम अधिकारीको उपस्थितिमा बचतकर्ताको मागदाबी बराबरको बचत फिर्ता तथा हिसाब मिलान गर्ने भएको ।

हाल समस्याग्रस्त सहकारी संस्थाको सूचिमा रहेका २२ वटा सहकारीमध्येमा १५ वटा सहकारीको मात्रै दाबी बचत रकम फिर्ता हुने भएको छ । उच्च स्रोतका अनुसार सहकारी बचत रकम फिर्ता नदिने सहकारीमा पशुपती सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड, नेपाल सहकारी वित्तीय संस्था लिमिटेड, तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड, कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, भेगास बचत तथा ऋण सहकारी संस्था लिमिटेड र कञ्जुमर बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3

स्रोतले दिएको सूचना अनुसार तिहारको समयमा बचतकर्तालाई थोरैभएपनी राहत मिलोस् भन्ने अपेक्षा राखेर समितिले १ लाख भन्दा कम बचत भएका बचतकर्ताको रकम फिर्ता गर्न लागेको जनाएको छ । बाकी ७ वटा उल्लेखित समस्याग्रस्त सहकारीको बचत रकम समेत तिहार लगत्तै फिर्ता दिने गरी समितिले काम गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको भनाई छ ।

समितिले सहकारीको रकम अपचलन भएको मात्रै समाचार बाहिरिने गरेको भएपनी मिलान र फिर्ता गर्ने काम समेत नियमित रुममा भइरहेको कारण बचतकर्ताले समितिको काम माथि विश्वास बढाउन आवश्यक रहेको जनाएको छ ।

everest bank

समितिका एक जना सदस्यले आर्थिक भ्वाइससँगको कुराकानीमा भने ''तिहारपछि समस्याग्रस्त २२ वटै सहकारीका बचतकर्ताको जे जति हुन्छ त्यो रकम फिर्ता गर्ने भन्ने विषय पनि उठेको थियो तर त्यो हामीले स्वीकार गरेनौ चार्डपर्व मुखैमा आएको छ, हामीले बचतकर्ताको थोरै भएपनी रकम फिर्ता गर्न सक्यौ भने उहाँहरूको घरमा खुशी आउँछ निराशा थोरै भएनी कम हुन्छ भन्ने लागेर हामीले अगाडि नै दिने बल जोड गर्‍यौ त्यसको परिणाम स्वरूप भोली १५ वटा बचतकर्ताले धेरथोर जति नै होस् कम्तीमा चार्ड पर्वको मुखमा रकम पाउनुहुदैछ ।''

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पहिलो प्राथमिकतामा जहिल्यै सानो रकम बचतकर्तालाई राख्ने गरेको उनको जानकारी दिएका छन् । 'ठूला रकम बचतकर्ताको अन्य विकल्पहरू पनि हुन्छन् तर साना बचतकर्ताको अन्यत्र पनि धेरै विकल्प हुने भन्ने हुँदैन त्यसकारण हाम्रो प्राथमिकतामा सानो बचतकर्ता नै पर्नुहुन्छ यो पटक रकम पाउनेमा सबै १ लाख भन्दा कम बचत गरेका बचतकर्ता छन् तिहार लगत्तै हामी समस्याग्रस्त सबै सहकारीका बचतकर्ताको बचत रकम फिर्ता गर्ने गरी कामको गति बढाएका छौ उनले थप स्पष्ट पार्दै भने।'

           हाल नेपाल सरकारबाट घोषित समस्याग्रस्त सहकारीहरु निम्नानुसार रहेका छन् ।

क्र.सं. समस्याग्रस्त सहकारी संस्था घोषित मिति मागदावी रकम दावीकर्ता संख्या
1 कुबेर बचत तथा ऋण सहकारी संस्था लिमिटेड 2075-03-18 5763467 10
2 स्ट्याण्डर्ड मल्टिपर्पोज को-अपरेटिभ लिमिटेड 2075-03-18 7528824 16
3 स्टाण्डर्ड सेभिङ् एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड 2075-03-18 110893828 175
4 प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेण्ट को-अपरेटिभ लिमिटेड 2075-03-18 487398913 352
5 सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेड 2075-11-19 108741243 240
6 प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड 2075-03-18 132089927 138
7 चार्टड सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड 2075-03-18 8411494 14
8 लुःनिभा बहुद्देश्यीय सहकारी संस्था लि 2076-04-12 117444026 214
9 ओरेण्टल को-अपरेटिभ लिमिटेड 2079-06-07 3195022862 4259
10 कञ्जुमर बचत तथा ऋण सहकारी संस्था लिमिटेड 2075-03-18 43478252 56
11 कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड 2075-03-18 24171899 51
12 भेगास बचत तथा ऋण सहकारी संस्था लिमिटेड 2075-03-18 16544711 17
13 पशुपती सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड 2080-04-01 1114803618 1042
14 तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड 2080-05-25 1558161031 5443
15 शिवशिखर बहुउद्धेशिय सहकारी संस्था लिमिटेड 2080-05-25 9493222896 32613
16 हाम्रो नयाँ कृषी सहकारी संस्था लिमिटेड 2080-10-11 77790198 50
17 कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड 2080-10-26 2822787793 2531
18 कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड 2080-11-03 6785105454 6165
19 श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड 2080-11-29 7170275984 4528
20 गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड 2080-12-13 3010045360 1673
21 गोरखा सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड 2081-03-06 3234845038 2594
22 नेपाल सहकारी वित्तीय संस्था लि. 2081-04-08 411139892 579
कुल 39935666710 62760

यो समाचार शेयर गर्नुहोस्
968SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?