National life

सरकारले भुक्तानी नगरेको भन्दै निर्माण व्यवसायीहरूद्वारा आन्दोलन गर्ने चेतावनी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ पुस २०८१, बिहिबार
632Shares
सरकारले भुक्तानी नगरेको भन्दै निर्माण व्यवसायीहरूद्वारा आन्दोलन गर्ने चेतावनी
ncell

काठमाडौँ । सरकारले भुक्तानी नदिएपछि निर्माण व्यवसायीहरू आन्दोलित हुने भएका छन्। बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै निर्माण व्यवसायी महासंघले आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

महासंघका महासचिव रोशन दाहालले यही पुस २७ गते राजधानीमा देशभरका निर्माण व्यवसायी भेला हुने र सोही भेलाको म्यान्डेट अनुसार आन्दोलनमा जाने बताए । ुसरकारसँग पटक(पटक हारगुहार गर्दा पनि निर्माण व्यवसायीले ठुलो रकम भुक्तानी पाउन सकेनौँ,’ सचिव दाहालले भने, ‘दुई वर्ष अघि देखिको भुक्तानी पाउन सकेका छैनौँ ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै यही अवधिमा निर्माण सामाग्रीको मूल्य वृद्धि हुनुका साथै निर्माण सामग्री उत्पादनसमेत कार्टेलिङ गरी उद्योगीले अभाव सिर्जना गरेकाले निर्माण व्यवसायी थप मारमा परेको उनले बताए । यसै गरी सरकारले समयमा भुक्तानी नदिँदा बैंकको किस्ता तिर्न नसकिने र कालोसूचीमा पर्ने अवस्था आएको उनको भनाइ छ ।

 

 

यो समाचार शेयर गर्नुहोस्
632SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?