National life

सिटी होटलले बैशाख २५ गतेदेखि आइपीओ निष्काशन गर्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२४ वैशाख २०८०, आइतबार
1KShares
सिटी होटलले बैशाख २५ गतेदेखि आइपीओ निष्काशन गर्दै
ncell

काठमाडौं । सर्वसाधारणका लागि सिटी होटल लिमिटेडले बैशाख २५ गतेदेखि आइपीओ निष्काशन गर्ने भएको छ । होटल्सले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आइपीओ निष्काशन तथा विक्री खुला गरी बाँडफाँड समेत गरिसकेको छ ।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात १६ करोड ७४ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

सोमध्ये १ लाख ६७ हजार ४०० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि बाँडफाँड गरिसकेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कुल कित्तामध्ये ८३ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोष र ६६ हजार ९६० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

त्यसैगरी, सर्वसाधारणले २०८० बैशाख २५ गतेदेखि २८ गतेसम्म आवेदन दिन सक्नेछन्। यस अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि जेठ ८ गतेसम्म लम्बिने जनाएको छ।

आइपीओ निष्काशनका लागि गराएको रेटिङ्ग अनुसार केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो शेयर खाता मार्फत आवेदन दिन सक्नेछन्।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?