काठमाडौँ। सातको पहिलो कारोबारका दिन आइतबार सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रुपैयाँ कायम भएको छ ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ ।
५ रुपैयाँले घटेको चाँदीको मूल्य प्रतितोला १ हजार ९०५ रुपैयाँ कायम भएको छ।
































