National life

स्वरोजगार लघुवित्तले बोलायो साधारण सभा,चुक्ता पुँजीको ७ प्रतिशत लाभांश वितरण गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ फागुन २०८०, बिहिबार
1.4kShares
स्वरोजगार लघुवित्तले बोलायो साधारण सभा,चुक्ता पुँजीको ७ प्रतिशत लाभांश वितरण गर्ने
ncell

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा डाकेको छ । लघुवित्तले सभामा सेयरधनीहरुलाई लाभासं पारित गर्ने तथा थप सार्वजनिक निष्काशन (एफपीओ) प्रस्ताव पारित गर्ने प्रस्तावमा छफफल गर्ने भएको छ ।

लघुवित्तले फागुन २६ गते, शनिबार, नेपाल हाउस, हात्तीसार, काठमाडौँमा बिहान ११स्३० बजे आफ्नो पन्ध्रौँ वार्षिक साधारण सभा आह्वान गरेको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३६८४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै ,सभाले सर्वसाधारणले एफपीओ निष्काशन गर्ने, अन्य उपयुक्त लघुवित्तसँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्ने भएको छ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले फागुन १३ गते बुकक्लोज तय गरेको छ । यस अनुसार फागुन १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र लघुवित्तले घोषणा गरेको लाभासं तथा साधारण सभामा सहभागि हुन् पाउनेछन।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?