काठमाडौं । थ्रीस्टार हाइड्रोपावर कम्पनीको यहीँ वैशाख २३ गते वार्षिक साधारण सभा बोलाएकोा छ ।
सभा, जर्मन होम्स गठ्ठाघर भक्तपुरमा बिहना ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले यस वर्ष लाभांश सम्बन्धी कुनै प्रस्ताव राखेको छैन । सभामा हकप्रद सेयर निष्कासन प्रस्ताव पेश हुनेछ ।
साथै, सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालक निर्वाचन गर्नेछ । साधारण सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले वैशाख ७ गते बुक क्लोज गरेको छ ।
































