National life

हाइड्रो सहित २ दर्जन बढी कम्पनीको लाभांश प्रस्ताव: कुनको कति (सूचिसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ भदौ २०८१, आइतबार
755Shares
हाइड्रो सहित २ दर्जन बढी कम्पनीको लाभांश प्रस्ताव: कुनको कति (सूचिसहित)
ncell

काठमाडौँ । आज भगवती हाइड्रोपावरले लाभांश घोषणा गरेको छ , कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट हालको चुक्ता पुँजीको १४.७३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ। यससँगै अधिकांश कम्पनीले गत आवको वित्तीय विवरण सार्वजनिक गरिसकेसँगै लाभांश घोषणा गर्नेक्रम सुरु भएको छ ।

केही हाइड्रोपावर सहित बैंक वित्तीय संस्थाले आफ्नो लाभांश घोषणा गरेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जस अनुसार शुक्रवार एभरेस्ट बैंकले लाभांश घोषणा गरेको थियो। यस अवधिमा सबैभन्दा बढी म्युचुअल फन्डका इकाईहरूले लाभांश प्रस्ताव गरेको तथ्यांकमा उल्लेख छ ।

                           proposed Dividend

२ दर्जन कम्पनीले लाभांश प्रस्ताव गर्दा अधिकांश म्युचुअल फन्डका इकाई नै रहेका तथ्यांकमा उल्लेख छ । कतिपय म्युचुअल फन्डको बुक क्लोज भइसकेको छ भने बाकी केहीले मिति घोषणा गरेका छन् ।

नेप्सेमा सूचीकृत ४ वटा कम्पनी र २० वटा म्युचुअल फन्डहरुले (खुला र बन्दमुखी) लाभांश घोषणा गरेका छन्। यसमध्ये ३ वटा कम्पनीले गत वर्ष र एउटाले अघिल्लो वर्षको नाफाबाट लाभांश घोषणा गरेको हो । बाँकी २० वटा म्युचुअल फन्डहरुले भने गत वर्षको नाफाबाट इकाई धनीहरुलाई प्रतिफल घोषणा गरेका हो ।

                           proposed Dividend

२० मध्ये ८ वटा फन्डले बुक क्लोज गरेर लाभांश वितरण सुरु गरिसकेका छन् । र, १२ वटाको भने बुक क्लोज हुन बाँकी छ, त्यसमध्ये, ११ वटा फन्डको बुक क्लोज मिति सार्वजनिक भइसकेको छ। यता, सूचीकृत कम्पनीहरूमध्ये माण्डु हाइड्रोपावरले १२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

त्यस्तै, गत वर्षको नाफाबाट एभरेस्ट बैंकले १५.५३, अपि पावरले ९.४७ प्रतिशत लाभांश घोषणा गरेका छन्। यता, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले अघिल्लो वर्षको नाफाबाट १०.५६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
755SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?