National life

होर्मुज स्ट्रेटबाटमा तेल ट्यांकरको सुरक्षाका लागि अमेरिकी सेना खटाउन सक्ने ट्रम्पको भनाई

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२० फागुन २०८२, बुधबार
1.3kShares
होर्मुज स्ट्रेटबाटमा तेल ट्यांकरको सुरक्षाका लागि अमेरिकी सेना खटाउन सक्ने ट्रम्पको भनाई
ncell

काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आवश्यक परे अमेरिकी नौसेनालाई होर्मुज स्ट्रेटबाट आवत जावत गर्ने तेल ट्यांकरहरूको सुरक्षाका लागि खटिन निर्देशन दिन सकिने बताएका छन्।

अमेरिका, इजरायल र इरानबीच चुलिँदै गएको तनावका कारण उक्त समुद्री मार्गमा जहाज सञ्चालन गर्न इरानले बन्द गरेपछि ट्रम्पको यस्तो धारणा सार्वजनिक भएको हो। होर्मुज स्ट्रेट पर्सियन खाडी र ओमानको खाडीलाई जोड्ने महत्वपूर्ण समुद्री नाका हो, जसलाई विश्व ऊर्जा आपूर्तिको मुख्य मार्गका रूपमा लिइन्छ। दैनिक करिब दुई करोड ब्यारेल तेल यही बाटो हुँदै ढुवानी हुने गरेको बताइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यससँगै राष्ट्रपति ट्रम्पले सम्बन्धित संघीय निकायलाई खाडी क्षेत्रमा समुद्री व्यापार सुरक्षित बनाउन “राजनीतिक जोखिम बीमा र प्रत्याभूति” उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएका छन्। यस कदमले व्यवसायीहरूलाई सम्भावित जोखिमबाट जोगाउँदै आर्थिक सुरक्षा सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?