National life

३० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्दै प्रभु केवलकार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ मंसिर २०८१, सोमबार
530Shares
३० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्दै प्रभु केवलकार
ncell

काठमाडौं । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले ३० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको छ ।

यस विषयमा कम्पनी र कुमारी क्यापिटल लिमिटेडबीच आईपीओ निष्काशन गर्न बिक्री प्रबन्धक नियुक्तिसम्बन्धि सम्झौता भएको छ ।

बिक्री प्रबन्धक नियुक्तिसम्बन्धि उक्त सम्झौतापत्रमा प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष भोज कुमार खड्का र कुमारी क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् । प्रभु ग्रुप्स एण्ड कम्पनीज् अन्र्तगतका प्रभु ऊर्जा कृषि पर्यटन विकास लिमिटेड, प्रभु होल्डिङ्गस् एण्ड हाईड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड, हाईड्रो होल्डिङ्गस् एण्ड पावर डेभलपमेन्ट कम्पनी लिमिटेड, प्रभु स्टिल्स एण्ड हाईड्रो ईक्युपमेन्ट इण्डस्ट्रिज लिमिटेड गरी ४ वटा कम्पनीको मुख्य लगानीमा स्थापित प्रभु केवलकार एण्ड टुरिजम र कुमारी क्यापिटलबीच आज सेयर निष्काशन गर्न सम्र्पूण कार्य गर्ने गरी सम्झौता सम्पन्न भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रभु केवलकारको लगानीमा ३ वटा केवलकार परियोजनाहरु अगाडी बढेका छन् । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेड नै उक्त सिद्धार्थ केवलकार कम्पनीको मुख्य लगानीकर्ता कम्पनी हो ।

यो केवलकार बुटवलस्थित फुलबारी पार्क रहेको देउराली डाँडादेखि पाल्पाको नुवाकोटमा पुग्दछ ।

त्यस्तै, प्रभु केवलकार एण्ड टुरिजम लिमिटेड कम्पनीको लगानीमा सुदुरपश्चिमस्थित बाजुरा जिल्लाको बडीमालिका मन्दिर र चितवनको ईच्छाकामना मन्दिरमा निकट भविष्यमा केवलकार बनाइ सञ्चालन गर्ने कम्पनीको तयारी रहेको छ ।

यस कम्पनीले जलविद्युत, कृषि, पर्यटन, विभिन्न उत्पादन मुलक उद्योग र साहासिक पर्यटनमा समेत लगानी गर्दै दोस्रो बजारमा राम्रो उपस्थिति गरिरहेको जनाएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
530SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?