National life

छिमेक लघुवित्तको नाफासँगै प्रतिशेयर आम्दानी पनि घट्याे, यस्ताे छ वित्तीय विवरण

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२४ कात्तिक २०८०, शुक्रबार
736Shares
छिमेक लघुवित्तको नाफासँगै प्रतिशेयर आम्दानी पनि घट्याे, यस्ताे छ वित्तीय विवरण
ncell

काठमाडाैं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकाे छ । सार्वजनिक विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले २२ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.८० प्रतिशत कम हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३२ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

त्यस्तै, असोज मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा १ अर्ब ६४ करोड ५ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १.५६ प्रतिशत घटेको छ भने खुद फि तथा कमिसन आम्दानी ३७.४४ प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी ५.९२ प्रतिशत र सञ्चालन मुनाफा ३२.९७ प्रतिशत घटेको छ।

समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा २.२८ प्रतिशत पुगेको छ। यससँगै लघुवित्तले इम्पेरमेन्ट चार्जबापत १० करोड ८३ लाख रुपैयाँ छुट्याएको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २५ रुपैयाँ ४४ पैसा घटेर ३१ रुपैयाँ २० पैसामा झरेको छ। असोज मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २४७ रुपैयाँ ६४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २९.३९ गुणा रहेको छ।

२ अर्ब ८३ करोड ५४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ४ अर्ब १८ करोड ६१ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तको जगेडा कोष समीक्षा अवधिमा ६.७८ प्रतिशत बढेको हो।

 

यो समाचार शेयर गर्नुहोस्
736SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?