National life

नेशनल लघुवित्तको नाफामा ५७ प्रतिशतको बढोत्तरी, प्रतिशेयर नेटवर्थ कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ साउन २०८१, शुक्रबार
547Shares
नेशनल लघुवित्तको नाफामा ५७ प्रतिशतको बढोत्तरी, प्रतिशेयर नेटवर्थ कति ?
ncell

काठमाडौँ । नेशनल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा ३४ करोड ९ लाख २९ हजार रुपैयाँ गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा भने ५७.८९ प्रतिशतले बढी हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त लघुवित्त संस्थाले अघिल्लो आर्थिक वर्षमा २१ करोड ५९ लाख ३१ हजार रुपैयाँ नाफा गरेको थियो । कम्पनीको गत वर्षको खुद ब्याज आम्दानी ७५.५६ प्रतिशतले बढेर १ अर्ब १५ करोड ८६ लाख ६६ हजार रुपैयाँ कायम भएको छ। यो अघिल्लो आर्थिक वर्षमा वर्ष ६५ करोड ९९ लाख ७८ हजार रुपैयाँ थियो ।

त्यस्तै गत असारसम्म कम्पनीले ४७ करोड १६ लाख ६१ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ। जुन अघिल्लो वर्षको ३१ करोड ५ लाख ८३ हजार रुपैयाँको तुलनामा ५१.८९ प्रतिशत धेरै हो । गत वर्ष कम्पनीको इम्पेयरमेन्ट र्चाज ८७ लाख ५० हजार रुपैयाँबाट बढेर २२ करोड ७५ लाख ४२ हजार रुपैयाँ पुगेको छ भने समीक्षा अवधिमा  कम्पनीको खुद सञ्चालन आम्दानी ६०.५० प्रतिशतले बढेर १ अर्ब १८ करोड ९१ लाख ४७ हजार रुपैयाँ पुगेको छ ।

साथै, कम्पनीको वितरणयोग्य नाफामा भने ७.५१ प्रतिशतले गिरावट आएको छ । कम्पनीको वितरणयोग्य नाफा २८ करोड ११ लाख १२ हजार रुपैयाँमा झरेको छ। गत असारसम्म  कम्पनीको खराब कर्जा ०.२८ प्रतिशतले घटेर ३.२५ प्रतिशतमा झरेको प्रस्तुत वित्तीय विवरणमा उल्लेख छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ९२ पैसाबाट बढेर २९ रुपैयाँ २५ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ २४५ रुपैयाँ ९ पैसा छ । चुक्ता पुँजी १ अर्ब १६ करोड ५५ लाख २२ हजार रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा १ अर्ब ४१ करोड ९३ लाख ५७ हजार रुपैयाँ छ ।

यो समाचार शेयर गर्नुहोस्
547SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?