National life

बालेनको योजनामा उच्च अदालतको साथ, न्यूरोडको फुटपाथ निर्माण गर्न आदेश

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३१ असार २०८१, सोमबार
778Shares
बालेनको योजनामा उच्च अदालतको साथ, न्यूरोडको फुटपाथ निर्माण गर्न आदेश
ncell

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले नयाँ सडक (न्यूरोड) मा सुरु गरेको फुटपाथ (सडक पेटी) विस्तारको कामले निरन्तरता पाउने भएको छ । महानगरपालिकाले पैदलमार्ग सुधारका लागि थालेको काम डिभिजन सडक कार्यालय, काठमाडौंको हस्तक्षेपका कारण रोकिएको थियो ।

यसरी रोकिएको काम उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासबाट आइतबार महानगरपालिकाले माग गरेबमोजिमको अन्तरिम आदेश दिएपछि काम फेरि सुरु हुने भएको हो ।

नयाँ सडक क्षेत्रलाई पैदलमैत्री बनाउन महानगरपालिकाले बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर गत जेठ ११ गतेदेखि काम थालेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त काममा जेठ १२ गते डिभिजन सडक कार्यालय, काठमाडौंले हस्तक्षेप गरेको थियो । त्यसपछि डिभिजन सडक कार्यालयले काम रोक्नका लागि जेठ १३ र १६ गते गरी २ वटा पत्र पठाएको थियो ।

डिभिजन कार्यालयले पठाएको पत्र अनुचित भनेर जेठ २७ गते महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो । रिट निवेदनमा महानगरपालिकाले आफ्नो क्षेत्रभित्रको वडा नं. २२, २३ र २४ अन्तर्गत पर्ने न्यूरोड बजार क्षेत्रमा आर्थिक वर्ष २०८०–८१ को बजेटबाट फुटपाथ (सडक पेटी) विस्तार गर्ने योजना अनुरुपको कार्य सञ्चालन गर्नका लागि अन्तरिम आदेश माग गरेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
778SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?